महिला चेम्बरको व्यापार मेला सम्पन्न « Khabarhub

महिला चेम्बरको व्यापार मेला सम्पन्न


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजना गरिएको तीन दिने व्यापार मेला समापन भएको छ ।

नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको नेपाल महिला चेम्बरले काठमाडौंको होटल र्‍याडिसनमा आयोजना गरेको व्यापार मेला बुधबार समापन भएको हो ।

व्यापारिक प्रदर्शनी तथा मेलाका उत्कृष्ट सहभागी एवं स्टलहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पुरस्कृत गरे ।

पुस्कार वितरण गर्दै महानिरीक्षक खनालले महिलाको सम्मान हुने समाजमात्र सभ्य समाज हुन सक्ने धारणा राखेका थिए ।

मेला समापन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिला उद्यमीको हौसला बढाउन र उनीहरूद्वारा उत्पादित सामग्रीहरूको बजारीकरण गर्न कार्यक्रम सफल भएको बताए ।

‘हामी महिला उद्यमी तथा व्यवसायीले उत्पादन गर्ने सामग्रीलाई राम्रो प्याकेजिङ गरी निर्यात गर्ने अभियानमा छौँ, अध्यक्ष श्रेष्ठले भने, ‘आउँदा दिनमा पनि चेम्बरले यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ ।’

ट्रेड फेयर आयोजक नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले नेपाली महिला उद्यमीको स्तर तथा क्षमता वृद्धि गर्न तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन यस्ता कार्यक्रम गरिरहेको बताइन् । ‘महिलालाई आर्थिक रुपमा सबल बनाउनुपर्छ, सबै क्षेत्रहरूमा समान अवसर उपलब्ध गराएर विकासको आधार बनाउन सकिन्छ ।’

गत सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनले सो मेलाको उद्घाटन गरेका थिए ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ८ : ४० बजे

बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

दशरथचन्द– बैतडीमा २१ लाख रुपैयाँ बढीका अवैध सामान बरामद गरिएको छ

नेता मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा

काठमाडौं– वामनेता विष्णुबहादुर मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा आएको छ । 

कम्बोडियाद्वारा थाइल्यान्डलाई वार्ता गर्न आग्रह

न्होम्पेन- लामो समयदेखि विवादित रहँदै आएको सीमाक्षेत्रमा पुनः तनाव बढिरहँदा

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन् – मृत्युलाई जोडेर व्यङ्ग्य

काठमाडौं – भारतीय गायिका आशा भोसलेले ०७६ पुसमा गरेको नेपाल