प्रदेश २ प्रमुख झाले सुझावसहित फिर्ता गरे दुई विधेयक « Khabarhub

प्रदेश २ प्रमुख झाले सुझावसहित फिर्ता गरे दुई विधेयक


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले प्रमाणीकरणका लागि पठाइएका दुई वटा विधेयक सुझावसहित फिर्ता पठाएका छन् ।

झाले स्वास्थ्य सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभा सचिवालयमा फिर्ता पठाएका हुन् ।

प्रदेशमा आफ्नै स्वास्थ्य सम्बन्धी कानुन बनाउन सामाजिक विकास मन्त्रालयले तयार पारेको स्वास्थ्य सम्बन्धी व्यवस्थापना गर्न बनेको विधेयक प्रदेशसभाबाट पारित भएर प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाइएको थियो ।

तर, विधेयकमा स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने धेरै विषयवस्तु छुटेको भन्दै उनले फिर्ता पठाएका बुझिएको छ ।

विधेयकमा मातृत्व सुरक्षा लगायतका महत्त्वपूर्ण विषय नसमेटिएकाले सो विधेयक फिर्ता पठाएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

यस्तै, उनले प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसमेत फिर्ता पठाएका छन् ।

विधेयकमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने व्यक्तित्वलाई प्रदेश सरकारले पदकबाट सम्मानित गर्ने व्यवस्था गरिएको छ ।

तर कृषि कर्म गर्ने किसानलाई सम्मान गर्ने व्यवस्था नराखिएको हुनाले विधेयक प्रमाणीकरण नगरी उनले फिर्ता पठाएको बुझिएको छ । सरकारले पदक बाँड्नका लागि चालू आवमा १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

सभामुख सरोज यादवले एउटा मात्र विधेयक सुझावसहित फिर्ता आएको बताए । बाहिर भएको हुनाले सुझावबारे अध्ययन गर्न नसकेकाको भन्दै संसद बैठकमा प्रस्तुत हुने बेला सार्वजनिक हुने उनले जानकारी दिए ।

तर, प्रदेश सभाका सचिव रञ्जित यादवले दुई वटा विधेयक नै प्रदेश प्रमुखको सचिवालयबाट फिर्ता आएको जानकारी दिए । फिर्ता आएको विधेयक आँफूले पढ्न नमिल्ने भन्दै सुझावबारे अनविज्ञता प्रकट गरे ।

प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विधेयक फिर्ता भएको सम्बन्धमा आफूलाई जानकारी नरहेको बताए ।

प्रमाणीकरणका लागि पठाइएको विधेयक प्रदेश प्रमुखले सुझावसहित बढीमा दुई पटक मात्रै फिर्ता पठाउन सक्ने उनको भनाइ छ । प्रदेश २ मा अहिलेसम्म ३९ वटा विधेयक प्रमाणीकरण भएर ऐन बनेको छ ।

यद्यपि अधिकांश ऐन संघीय ऐनको अभावमा कार्यान्वयनमा आउन सकेको छैनन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  १० : १८ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर