अध्यक्षमा विपुल पोखरेलको अग्रता कायमै, कसको कति मत ? « Khabarhub

अध्यक्षमा विपुल पोखरेलको अग्रता कायमै, कसको कति मत ?


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि भएको गत बुधबार सम्पन्न निर्वाचनको मतगणना जारी छ ।

शुक्रबार अवेर राति सार्वजनिक ५५ जिल्ला र प्रतिष्ठान प्रदेशको मतपरिणाममा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीलगायत दलनिकट पत्रकार संगठनको गठबन्धनबाट गठबन्धनबाट केन्द्रीय अध्यक्षमा विपुल पोखरेलले अग्रता कायमै राखेका छन् ।

उनका निकटम प्रतिस्पर्धी प्रधानमन्त्री ओली निकट प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्माभन्दा झन्डै २ हजार मतले अगाडि छन् । पोखरेलले ४ हजार ४ सय ४६ मत ल्याउँदा शर्माले २ हजार ५ सय ३० मत पाएकी छन्।

यस्तै वरिष्ठ उपाध्यक्षका उम्मेदवार रमेश विष्टले ४ हजार २ सय ७३ मत पाउँदा माधव नेपालको २ हजार ४ सय ३० मत छ ।

महिला उपाध्यक्षका उम्मेदवार बाला अधिकारीले ४ हजार ६ सय १५ मत प्राप्त गर्दा दाना केसीले २ हजार २ सय ३८ मत ल्याएकी छन्।

समावेशीतर्फ पनि पोखरेल प्यानलकै उम्मेदवार अगाडि छन् । उदय जीएमले ३ हजार ८ सय ९१ मत र अवधेश झाले २ हजार ३ सय ६७ मत ल्याएको निर्वाचन समितिले जानकारी दिएको छ ।

महासचिवका उम्मेदवार रोशन पुरीले ३ हजार ९ सय ८० मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी बालकृष्ण बस्नेतले २ हजार ४ सय ९ मत ल्याएका छन् ।

खुला सचिवमा गोविन्दप्रसाद चौलागाईको ३ हजार ९ सय १५ मत छ भने रामकृष्ण ज्ञवालीले १ हजार ९ सय ३४ मत ल्याएका छन् ।

कुन पदमा कसको अग्रता ?  

 पत्रकार महासंघको निर्वाचन पहिलोपटक प्रत्यक्ष प्रणालीबाट भएको हो । यो निर्वाचनमा अध्यक्षमा विपुल पाखरेल, निर्मला शर्मा र स्वतन्त्र उम्मेदवारका रूपमा गजेन्द्र बुढाथोकी प्रतिस्पर्धामा छन् । तर बुढाथोकी पोखरेल र शर्माभन्दा धेरै पछि छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ९ : २३ बजे

किष्ट हस्पिटलमा कलेजोको १५ औं शल्यक्रिया सफल

काठमाडौं– किष्ट टिचिङ हस्पिटलले, ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा

सुकुम्वासी बस्तीमा राजनीतिकरण हुने सुइँको पाएपछि अगाडि बढेका थिए रवि-बालेन

काठमाडौं– धमाधम संसद् रोकेर अध्यादेश ल्याइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले

संसद् छल्दै शक्तिशाली सरकार, अध्यादेश मोहले हुन थाल्यो बालेनको आलोचना

काठमाडौं- बोलाइसकेको संसद् बैठक पनि राख्दै नराखी रातारात स्थगित गरेको

सुरु भयो निजामती कर्मचारीलाई १५ दिनमा तलब दिन 

काठमाडौं– सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको छ

निजी क्षेत्रलाई प्रोत्साहन र प्रवर्द्धन नगरे राष्ट्रिय पुँजीको विकास असम्भव : मुख्यमन्त्री कार्की

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले निजी क्षेत्रलाई प्रोत्साहन