घट्दै काठमाडौँको वायु प्रदूर्षण « Khabarhub

घट्दै काठमाडौँको वायु प्रदूर्षण


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेसँगै वायु प्रदूषण केही मात्रामा घटेको छ।

गएराति काठमाडौँसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित हल्का वर्षा भएको थियो।

वायु प्रदूषण मापन गर्ने आइक्युएअरका अनुसार काठमाडौँको एक्यूआई अहिले १ सय ५२ छ। नेपाल अहिले विश्वव्यापी सूचकांकमा आठौँ स्थानमा छ।

नेपालको वायु प्रदूषण अति हानिकारक अवस्थाबाट सुधार भएर हिजो अस्वस्थ अवस्थामा झरेको थियो। आज पनि केही सुधार देखिएको हो।

यो समयमा विशेष गरेर पाको उमेर समूहका, बालबालिका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका दीर्घ रोगीहरूले विशेष सावधानी अपनाउनुपर्ने जनस्वास्थ्यविद्हरू बताउँछन्।

केही दिनअघि नेपालको वायु प्रदूषण विश्वकै सबैभन्दा धेरै उच्च हानिकारक अवस्था अर्थात ४ सय ७० एक्यूआई सम्म पुगेको थियो।

विश्वव्यापी सूचकांकमा अहिले मंगोलियाको राजधानी उलानबटार शहर विश्वकै प्रदूषित शहर बनेको छ। त्यहाँ अहिलेको एक्युआई १ सय ९६ रहेको छ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ११ : ४१ बजे

कांग्रेस केन्द्रीय सदस्यमा चिरीबाबुको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (प्रत्यक्ष, खुला) तर्फको

कांग्रेस सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खस–आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

 काठमाडौँ –  सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र

बुढीगण्डकी बाढीपीडितले तीन दिनपछि पाए २८ वटा टेन्ट (तस्बिरहरू)

काठमाडौँ– बुढीगण्डकी बाढीले प्रभावित गोरखाको आरुघाट शान्तिबजारका स्थानीयका लागि रेडक्रसले

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड (तस्बिरहरू)

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल