ओली सरकार अब धेरै टिक्दैन– प्रचण्ड « Khabarhub

ओली सरकार अब धेरै टिक्दैन– प्रचण्ड


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब चाँडै नयाँ सरकार गठन हुने दाबी गरेका छन् । उनले चाँडै ओली सरकार हट्ने बताउँदै केही दिनमै नयाँ सरकार गठन हुने बताए ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति चौथो केन्द्रीय परिषद्को कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नयाँ सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लगाउन खोजेको कालो बादल हटाउने बताए ।

उनले भने, ‘अब चाँडै नयाँ सरकार गठन हुन्छ । सरकारको नेतृत्वमा को जान्छ भन्ने महत्वपूर्ण होइन। प्रधानमन्त्री को भन्दा पनि सरकार संविधान अनुसार चल्ने हुनुपर्छ भन्ने हाम्रो कुरा हो। अब यो सरकार धेरै दिन टिक्दैन।’

प्रचण्डले ओली सरकारले संविधान मिच्ने प्रयास गरेको भन्दै संविधान विपरीत काम गर्ने प्रधानमन्त्रीलाई पदमा राख्न नहुने बताए । उनले भने, ‘राष्ट्र र जनताको विषयको पक्षमा मिलेर आन्दोलन गरेका थियौँ। एकताको बेलामा जुन लक्ष्यका साथ गरेका थियौँ त्यो पुरा हुन सकेको छैन । संविधानलाई मिच्ने प्रयास भइरह्यो भने केही समय पछि नै हामी विद्रोहमा जानुपर्ने हुनसक्छ। त्यसका लागि हामी शान्तिपूर्ण विद्रोह गछौँ।’

उनले प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने कुरा दोहोर्‍याए । उनले भने, ‘संसदीय दलको नेताबाट हटेपछि प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने हो। तर, पार्टी सदस्यबाट हटेको मान्छेलाई पनि फेरि पार्टी अध्यक्षमा फर्काइदियो। यस्तो विचित्रको निर्णय अरू कही पनि हुँदैन। सेटिङमा गरे भन्छन्। कस कसको कहाँ कहाँको सेटिङ हो ।’

संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाको लागि एकजुट भएको आन्दोलनमा जानुको विकल्प नभएको उनले बताए।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  १ : ११ बजे

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले