खेलकूद विकासका लागि सरकार अग्रसर छ : मन्त्री तामाङ | Khabarhub Khabarhub

खेलकूद विकासका लागि सरकार अग्रसर छ : मन्त्री तामाङ


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– युवा तथा खेलकूदमन्त्री दावा तामाङले खेलकूदको विकासका लागि सरकारले विभिन्न योजना अगाडि सारेको बताएका छन् ।

नेपाल सोतोकान कराते डो एशोसियसन (एसकेडियुएन) भक्तपुरले आज आयोजना गरेको चौथो राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप एवं सूर्यविनायक मेयर कप–२०७७ को उद्घाटन गर्दै मन्त्री तामाङले खेलसँगै खेलाडीको भविश्य पनि सुनिश्चित हुनुपर्ने बताए ।

मन्त्री तामाङले नेपालमा खेलको विकास हुँदै आएको चर्चा गर्दै सरकारले खेलका माध्यमबाट पनि राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा नेपालको छवि उच्च राख्ने गरी खेलकूदको विकासमा कदम चालेको बताए ।

स्थानीयस्तरमा हुने यस्ता विभिन्न खेलकूद प्रतियोगिताले खेलको विकास र खेलाडीलाई प्रोत्साहन मिल्ने बताउँदै उनले खेलको विकासलाई सन्तोषजनकरुपमा अगाडि बढाउन स्थानीय तहको सहयोग पनि अपरिहार्य रहेको औँल्याए ।

स्थानीयस्तरबाटै खेलकूदको विकास र खेलाडीलाई प्रोत्साहन दिने कार्यक्रम अगाडि बढाउनुपर्ने मन्त्री तामाङले औँल्याए ।

देशभरका सात वटा सोतोकान करातेका ३२ वटा डोजोका १५० भन्दा बढी खेलाडीको सहभागिता रहेको प्रतियोगिता आज दिनभर चल्ने र साँझ सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले पुरस्कार वितरण गर्ने एशोसियसनका अध्यक्ष अनिल श्रेष्ठले बताए ।

एशोसियसनले हरेक वर्ष विभिन्न चरणमा विभिन्न खेलको प्रतियोगिता गर्दै खेलकूदको विकास र खेलाडीलाई प्रोत्साहन दिने काममा अग्रसरता देखाउँदै आएको बताए ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई नगद, पदक र प्रमाणपत्र प्रदान गरिने भएको छ भने फस्ट रनरअप, सेकेण्ड रनरअप र उत्कृष्ट खेलाडीलाई नगदसहितको पुरस्कार प्रदान गरिने उनले जानकारी दिए ।

त्यस्तै टिम च्याम्पियन, दोस्रो, तेस्रो, चौथो र उत्कृष्टलाई पनि पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगितामा मुख्य सहयोग सूर्यविनायक नगरपालिका रहेको जानकारी दिँदै उनले प्रतियोगितामा रु पाँच लाख खर्च हुने एशोसिएसनका अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  २ : १० बजे

शिक्षा मन्त्रीले भने : शिक्षकसँग भएको नौबुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध छौं

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकार र

प्रेस स्वतन्त्रता सुदृढ हुँदा मात्रै लोकतन्त्र हुन्छ : एनपी साउद

काठमाडौं – पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता एनपी साउदले

चीन भ्रमणमा रहेकी पूर्वराष्ट्रपति भण्डारी भेटघाटमा व्यस्त

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नौदिने

अखिल क्रान्तिकारीले जलायो प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला (तस्बिरहरू)

काठमाडौं – नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रधानमन्त्री