गुन्डागर्दीमा संलग्न भई सर्वसाधारणलाई धम्क्याएको आरोपमा एक पक्राउ « Khabarhub

गुन्डागर्दीमा संलग्न भई सर्वसाधारणलाई धम्क्याएको आरोपमा एक पक्राउ


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गुन्डागर्दीमा संलग्न भई अरूलाई धम्क्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको उजुरीका आधारमा नुवाकोट लिखु गाउँपालिका घर भएका ३७ वर्षीय सीताराम पुलामी मगरलाई पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार उनी टीकाराम पुलामी मगर र राम पुलामी मगरका नामले पनि चिनिएका थिए।

मगरले काठमाडौँको मनमैजुस्थित लोकतान्त्रिक चोकमा वर्गर हाउस र नुवाकोटमा निर्माण सेवा कम्पनी सञ्चालक गर्दै आएका छन् । निर्माण सेवामा समेत ठेक्कापट्टाका नाममा धम्काउने काम गर्ने गरेको पाइएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनी विरुद्ध काठमाडौँ र नुवाकोटमा विभिन्न ६ वटा उजुरी परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ३ : ३० बजे

प्रअले छात्रवृत्ति रकम हिनामिना गरेपछि…

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर महतसहित

किसानलाई अनुदान सहयोगका लागि ५५ लाख विनियोजन

गण्डकी– पोखरा महानगरपालिकाले वडास्तरीय कृषि सञ्जाल र वडा कार्यालयको समन्वयमा

कांग्रेस देउवा समूहको बैठक: निर्वाचन समीक्षादेखि महाधिवेशनको तयारीसम्म तीन एजेन्डा

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन इतर (शेरबहादुर देउवा) समूहले मंगलबारदेखि

दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु

खलङ्गा– ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका–४ ओसिल क्षेत्रमा दुर्घटना

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

भोजपुर– जिल्लाको बोखिमस्थित पञ्चकन्या माध्यमिक विद्यालयमा डा नरहाङ तामाङ र