घनश्यामको ‘छुई’मा रजस्वला पीडा « Khabarhub

घनश्यामको ‘छुई’मा रजस्वला पीडा


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–साहित्यकार घनश्याम पथिकको उपन्यास ‘छुई’ सार्वजनिक भएको छ ।

मण्डला नाटकघरमा मनोज गजुरेल, ऋचा शर्मा र श्रृंखला खतिवडाले उपन्यास विमोचन गरेका हुन् ।

रजस्वलालाई केन्द्र बनाएर लेखिएको उक्त उपन्यासमा रजस्वलाको पीडा र चलनलाई वर्णन गरिएको छ । उपन्यासकार पथिकको ‘छुई’ दोस्रो उपन्यास हो । यसभन्दा अगाडि उनको ‘युनिका’ उपन्यास प्रकाशित भएको थियो ।

मनोज गजुरेलले सहजीकरण गरेको अन्तरसंवादमा श्रृंखला खतिवडा र ऋचा शर्माले आफ्नो धारणा व्यक्त गरेका थिए ।

नेपाली फिल्ममा कथाको खडेरी परिरहेको बेला अभिनेत्री ऋचा शर्माले ‘छुई’ उपन्यासमा फिल्म बनाउन सकिने बताइन् । श्रृंखला खतिवडाले महिलाको कुरा एक पुरुष लेखकले अत्यन्तै मिहिन ढङ्गमा प्रस्तुत गरेको दाबी गरिन् ।

शिखा बुक्सले प्रकाशन गरेको यस उपन्यासको बजार मूल्य ४ सय २५ रुपैंयाँ रहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ८ : ४६ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले