घनश्यामको ‘छुई’मा रजस्वला पीडा « Khabarhub

घनश्यामको ‘छुई’मा रजस्वला पीडा


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–साहित्यकार घनश्याम पथिकको उपन्यास ‘छुई’ सार्वजनिक भएको छ ।

मण्डला नाटकघरमा मनोज गजुरेल, ऋचा शर्मा र श्रृंखला खतिवडाले उपन्यास विमोचन गरेका हुन् ।

रजस्वलालाई केन्द्र बनाएर लेखिएको उक्त उपन्यासमा रजस्वलाको पीडा र चलनलाई वर्णन गरिएको छ । उपन्यासकार पथिकको ‘छुई’ दोस्रो उपन्यास हो । यसभन्दा अगाडि उनको ‘युनिका’ उपन्यास प्रकाशित भएको थियो ।

मनोज गजुरेलले सहजीकरण गरेको अन्तरसंवादमा श्रृंखला खतिवडा र ऋचा शर्माले आफ्नो धारणा व्यक्त गरेका थिए ।

नेपाली फिल्ममा कथाको खडेरी परिरहेको बेला अभिनेत्री ऋचा शर्माले ‘छुई’ उपन्यासमा फिल्म बनाउन सकिने बताइन् । श्रृंखला खतिवडाले महिलाको कुरा एक पुरुष लेखकले अत्यन्तै मिहिन ढङ्गमा प्रस्तुत गरेको दाबी गरिन् ।

शिखा बुक्सले प्रकाशन गरेको यस उपन्यासको बजार मूल्य ४ सय २५ रुपैंयाँ रहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ८ : ४६ बजे

विशेष महाधिवेशनमा धमाधम भोजन ! (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा जारी छ ।

सभामुख घिमिरेद्वारा झापा–२ मा पाँच अर्ब रुपैयाँको बजेट भित्र्याएको दाबी

बिर्तामोड– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो तीन वर्षे कार्यकालमा झापा

तत्काल नेतृत्व नफेर्ने संस्थापनको अडान कायमै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा तत्काल नेतृत्व नफेर्ने अडानमा संस्थापन

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको