उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिता शुरु « Khabarhub

उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिता शुरु


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मध्यपुरथिमि नगरपालिकामा उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता शुरु भएको छ । ओेस्ला नेपालको आयोजना तथा मध्यपुरथिमि नगरपालिकाको सहयोगमा मध्यपुरथिमिको बालकुमारीमा भएको प्रतियोगिताको आज मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उद्घाटन गरे ।

कार्यक्रममा उनले मध्यपुरथिमि नगरपालिकाले धिमे बाजा, मुस्या बाजा, बाँसुरी बाजालगायत ऐतिहासिक जात्रा पर्वका लागि अत्यावश्यक बाजाको संरक्षणमा नगरपालिकाले टेवा पुर्‍याउँदै आएको बताए ।

मूर्त तथा अमूर्त कला, संस्कृतिको संरक्षण एवं विकासमा मध्यपुरथिमि नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको चर्चा गर्दै उनले नयाँपुस्तालाई पनि कला, संस्कृति तथा बाजाको संरक्षणमा सहभागी गराउनुपर्नेमा जोड दिए ।

मध्यपुरथिमि नगरपालिकाले आफू आएपछि २५ वटा ऐतिहासिक पोखरीको संरक्षण गरेको, बिस्केट जात्राका लागि पोखरीमा पानी भरेको, मठ, मन्दिर पाटीलगायत पुनःनिर्माण एवं संरक्षण गरिएको बताए । कला, संस्कृतिको संरक्षणमा मध्यपुरथिमि अगाडि रहेको चर्चा गर्दै उनले फोहर फाल्ने पाखो र ठाउँमा पार्कलगायत आकर्षक ठाउँ बनाउन सफल भएको भनाइ राखे ।

नेवार समुदायको कला, संस्कृतिको महत्व बोकेको बिस्काः जात्रालाई प्रशासनले रोक्ने दुस्प्रयास गरेको भन्दै उनले आक्रोश व्यक्त गरे । “नेवार समुदायको कला, संस्कृति र पहिचान बोकेको वर्षौँदेखि चल्दै आएको बिस्केट जात्रा रोक्न दुष्प्रयास सिडिओले गरेका छन्, जात्रा रोक्न कर्फ्यु लगाउने तयारीसमेत गरियो भन्ने सुनेको छु, हाम्रो जात्रा रोक्ने प्रयास भए त्यसको प्रतिवाद गरिन्छ”, नगरप्रमुख श्रेष्ठले भने, “कर्फ्यु लगाए प्रतिवादमा अगाडि म आउँने छु, ढुक्क भएर भव्यरुपमा जात्रा मनाउनुस् ।”

मध्यपुरथिमि नगरपालिकाको रू दुई लाख ५० हजार आर्थिक सहयोगमा कूल रू चार लाखको लागतमा शुरु भएको प्रतियोगिता ३१ वटा खलः पुचःको सहभागिता रहेको आयोजक ओस्ला नेपालका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेलाई रु १५ हजार, दोस्रो हुनेलाई रु १० हजार र तेस्रो हुनेलाई रु पाँच हजार नगद पुरस्कारसहित शिल्ड, पदक, प्रमाणपत्र प्रदान गरिने भएको छ । – रासस

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ९ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै