संसदीय अंकगणितलाई दुरुपयोग गर्ने ‘सकुनीका गोटी’ फालिन्छ : प्रधानमन्त्री ओली (भिडियोसहित) | Khabarhub Khabarhub

संसदीय अंकगणितलाई दुरुपयोग गर्ने ‘सकुनीका गोटी’ फालिन्छ : प्रधानमन्त्री ओली (भिडियोसहित)


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधीहरू सरकार परिर्वतनको खेलमा लागेको दाबी गरेका छन् ।

काठमाडौँमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास विरोधीहरू सरकार परिर्वतनको खेलमा लागेको दाबी गरेका हुन् ।

भुकम्पले ध्वस्त बनाएका संरचनाहरुको पुर्ननिर्माण, अस्पताल र बाटाहरु निर्माणका लागि सरकारले उल्लेखनीय काम गरेको दाबी प्रधानमन्त्री ओलीको थियो । विकास विरोधी र मुलुकमा अस्थिरता निम्त्याउन खोज्नेहरू सरकारको विकल्प खोज्नेतर्फ उन्मुख भएको भन्दै उनले त्यस्ता क्रियाकलापमा संलग्नहरुलाई “सकुनी”को संज्ञा दिए । उनले संसदीय अंकगणितलाई दुरुपयोग गर्ने ‘सकुनीका गोटी’ नै आफूले फ्याकिदिने चेतावनी दिए ।

‘सरकार परिर्वतनका प्रयासहरू भईरहेका छन् । सरकार परिर्वतन गर्न खोज्नेहरूलाई मैले सोध्ने गरेको छु । सरकार किन परिर्वतन गर्नुपर्‍यो ? पुर्ननिर्माणका काम अघि बढीरहेकाले हो ? कि अरु केही कारण छन् ? हामीले ३ सय ९ वटा अस्पतालको एकैचोटी सिलन्यास गर्यौ, धमाधम बन्दैछन् । त्यसकारणले हो ? १ सय ६५ वटा बाटाहरू एकैपटक सिलन्यास गर्‍यौँ र बन्दैछन् । त्यसकारणले हो ? एकहप्ता भित्र देश भित्र नयाँ ८ वटा औद्योगिक क्षेत्रहरू स्थापना गर्‍यौँ । त्यसकारणले हो ? केही पनि भएन भन्नुहुन्छ उहाँहरू । यो त लखनौको एक्काको घोडाले पनि देख्छ यो भन्दा बढी त । त्यसले बाटो त देख्छ । यी त बाटो पनि देख्दैनन् । मलाई अचम्म लाग्छ’, उनले भने ।

मुलुकमा अस्थिरता ल्याउन खोज्नेहरूले संसदीय अंकगणितलाई व्यक्तिगत स्वार्थका लागि दुरुपयोग गर्ने प्रयास गरिरहेको उल्लेख गर्दे उनले आफूले त्यस्तो हुन नदिने दाबी गरे । उनले राजनीतिमा देखिएका सकुनीहरूले संसदको अंकगणितलाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न खोजेको उल्लेख गर्दै सकुनीका गोटी नै फ्याँक्न आफू एक्कै पर्याप्त भएको दाबी गरे ।

सम्मृद्ध नेपाल निर्माणको उद्देश्यकासाथ अघि बढेका र सिसिमा औषधी बेच्नेबीचको भेद खुट्याउनुपर्ने भन्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कटाक्ष गरे ।

‘जबसम्म राजनीति परिपक्क हुदैन तबसम्म, जबसम्म मान्छेले सही र गलत छुट्याउदैन तबसम्म, जबसम्म देश र व्यक्तिगत स्वार्थका बीचको अन्तर छुट्याउन सक्क्तैन आम जनताले तबसम्म यस्ता समस्याहरु देखा पर्छन् । देश बनाउने संकल्प र अठोट र एउटा सिसिमा औषधी बेच्नेका बीचको भेद, एउटा अर्थपूर्ण कुरा र विज्ञापनलाई एट्रक्याटिभ बनाउनका लागि गरिएको प्रचारका बीचमा भेद पाउँदैनौ भने अनि देश अलमलमा पर्छ । बेच्नुपर्ने हुन्छ एउटा गोगो सावन । विज्ञापनमा के आउँछ ? गाईले पनि तैलाई लखेट्छ । कुखुराले पनि तैलाई लखेट्छ् भनेर आउँछ । गोगो सावन र गाई र कुखुराले लखेट्ने कुराको भेट कहाँ हुन्छ ? तालमेल नभएका कुराको विज्ञापन र देश विकास गर्ने अठोट संकल्प, दृष्टिकोणका बीच भिन्नता छुट्याउनु पर्‍यो । अलि अलि समस्या त हुन्छन्’,उनले भने ।

सम्मृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि उद्योग व्यवसायलाई सबै ढंगले सुदृढ बनाउनुपर्ने भन्दै उनले सम्मानित उद्योग व्यवसाय, सम्मुन्नत नेपालको मर्म अनुसार अघि बढ्नुपर्नेमा जोड दिए । देशले पनि उद्योगव्यवसायीबाट सम्मानयोग्य व्यवहारको अपेक्षा गर्ने भन्दै उनले त्यसतर्फ पनि सबैलाई सचेत गराए ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ६ : २७ बजे

साल्पा–सिलिचुङको मुन्दुमी मिथक लिपिबद्ध गरिँदै

ललितपुर– मुन्दुम मौखिक इतिहास हो । किरात समुदायले मुन्दुमलाई जीवनदर्शन

इलामको एक मतदान केन्द्रमा विवाद, स्वतन्त्र उम्मेदवारका प्रतिनिधिको मुढा खोसियो

इलाम – इलाम नगरपालिका-७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पस मतदान केन्द्रमा

इलाम–२ मा अहिलेसम्म २२ प्रतिशत मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा

भारतमा विद्युतीय मतदानबारे परेको रिट खारेज

एजेन्सी – भारतमा लोकसभा निर्वाचनअघि विद्युतीय मतदानबारे परेको रिट त्यहाँको

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य