लहान विष्फोटमा संलग्न थप एकजना पक्राउ « Khabarhub

लहान विष्फोटमा संलग्न थप एकजना पक्राउ


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान – सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोट घटनामा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लक्ष्मीपुर पतारी गाउँपालिका-३ का २० वर्षीय रामजतन मुखिया रहेका छन् । विस्फोट घटनामा संलग्न भई फरार रहेको र खोजतलास गर्ने क्रममा शनिबार लहान-१ स्थित लोकतन्त्र चोकबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

१ चैतमा भएको विस्फोटको घटनामा संलग्न रहेको आरोपमा यसअघि दुई जना पक्राउ परेका थिए । प्रहरीले सुखिपुर नगरपालिका-५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुरपत्तार गाउँपलिका-३ का २६ वर्षीय अभिमन्यु गिरीलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका रामरिझनको साथबाट एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोली तथा अभिमन्युको साथबाट एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोलीसमेत प्रहरीले बरामद गरेको थियो । उनीहरूले विस्फोट आफूहरूले नै गराएको पनि स्वीकार गरिसकेका प्रहरीले जनाएको छ ।

दुई जना पक्राउ गरेको केही दिनपछि घटनाका फरार प्रतिवादी मुखियालाई पनि प्रहरीले पक्राउ हो । उनलाई इलाका प्रहरी कार्यालय लहानको टोलीले शनिबार ११ बजे पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले बताए ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  १० : २० बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति