अल्वर्ट आइन्स्टाइनको एक प्रेरक प्रसङ्ग « Khabarhub

अल्वर्ट आइन्स्टाइनको एक प्रेरक प्रसङ्ग


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

आइन्सटाइन आफ्नो प्रयोगशालामा बसिरहेका थिए । उनकी श्रीमतीले आँखा तर्दै भनिन्— तपाईंले यो कस्तो नोकर राख्नुभएको हो ? एकदमै बदमास छ । उसलाई तुरुन्त हटाउनुपर्छ ।

विचारमा हराएका आइन्सटाइन भने ठिक छ ।

श्रीमती गइसकेपछि ढोकाको नजिकै उभिएको नोकर भित्र पस्दै भन्यो— प्रोफेसर साहेब, तपाईंकी पत्नीमा मानवियता नामको कुनै चिज छैन ।

नोकरको कुरा समाप्त नहुँदै आइन्सटाइन बोले— ठीक छ ।

बाहिर उभिएकी श्रीमतीले आइन्सटाइनको भनाइ सुन्नासाथ आगो ओकल्दै भनिन्— तपाईंले नोकरको सामुन्ने मेरो अपमान गर्नुभएको छ । के तपाईंको दिमाग त खराब भएको छैन ।

आइन्सटाइनले फेरि भने— त्यही नै ठीक छ ।

उनको कुरा सुनेर उनकी पत्नी र नोकर दुवै पेट मिचीमिची हाँस्न थाले ।

साभार : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्गहरु’ किताबबाट

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ५ : १५ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का