विभिन्न स्थानमा वर्षा, कस्तो रहला दिनभरको मौसम ? « Khabarhub

विभिन्न स्थानमा वर्षा, कस्तो रहला दिनभरको मौसम ?


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्गसहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चचिमका भू-भागका थेरै स्थानमा मेघगर्जनसहित वर्षा भई रहेको महाशाखाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

पश्चिमी न्यून चापीय प्रणाली, पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्पयुक्त हावाको प्रभाव कायमै रहकाले दिउँसो पनि केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

वैशाख २७ गते (सोमबार)

दिउँसो:  देशको पहाडि भू-भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति : प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आँशिक बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थेरै स्थानहरुमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वैशाख २८ गते (मंगलबार)

दिउँसो:  देशको पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कर्णाली प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशका अधिकांश भू-भागमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

वैशाख २९ गते (बुधबार)

दिउँसो:  देशको पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशका अधिकांश भू-भागमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र  प्रदेश नं ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ७ : १० बजे

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभिएल) को ट्रफी सार्वजनिक गरिएको छ

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका