विश्वासको मत लिन प्रस्ताव राख्दै प्रधानमन्त्री ओली, आफ्नै पार्टीबाट मत पाउन कठिन « Khabarhub

विश्वासको मत लिन प्रस्ताव राख्दै प्रधानमन्त्री ओली, आफ्नै पार्टीबाट मत पाउन कठिन


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको संसदको विशेष अधिवेशनमा विश्वासको मत लिन प्रस्ताव राख्दैछन् ।

त्यसका लागि प्रतिनिधिसभा बैठक दिउँसो १ बजे डाकिएको छ । फागुन २३ को सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि संविधानको धारा ७६-२ मा परिणत भएको ओली सरकार माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा छ ।

सरकार अल्पमतमा पुग्नअघि नै विश्वासको मत लिने निर्णयमा पुगेका ओलीलाई आफ्नै पार्टीबाट विश्वासको मत प्राप्त हुन कठिन छ ।

एमाले व्यूँतिएपछि खनाल-नेपाल पक्षलाई बाइपास गरेर अघि बढेका ओलीलाई सो समूहले फागुन २७ पछिका सबै निर्णय खारेज गर्दै पार्टीलाई ०७५ जेठ २ को अवस्थामा पुर्‍याउन माग गरिरहेको छ ।

उक्त माग पूरा नभए सामूहिक राजीनामा वा विपक्षमा मत हाल्ने चेतावनी सो समूहले दिँदै आएको छ । सो समूहका नेता माधव कुमार नेपालले आइतबार राति ६ बुँदे मागसहितको पत्र ओलीलाई पठाउँदै माग पूरा नभए सामूहिक राजीनामा दिने प्रष्ट्याएका छन् ।

एमालेमा खनाल-नेपाल समूहका प्रत्यक्ष निर्वाचित २२ र समानुपातिक १२ जना सांसद छन् । उनीहरूले आफ्नो राजीनामा पत्रमा तयार पारेका छन् ।

अर्को पक्षलाई रोक्न ओली समूहले फकाउने र कारबाही गर्ने दुबै रणनीति अख्तियारी गरेको छ । ओलीले खनाल-नेपाल समूहलाई विश्वासमा लिन नेता सुवास नेम्वाङ र विष्णु पौडेललाई खटाए पनि सहमति जुटेको छैन ।

नेकपा एमालेले ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीपसमेत जारी गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरूलाई पत्र लेखी प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गरेका छन् ।

कांग्रेस-माओवादीले विपक्षमा मत दिने, जसपामा स्वविवेकीय अधिकार

नेपाली कांग्रेस र माओवादी केन्द्रले ओलीको विपक्षमा मत दिने र विश्वासको मत फेल गराउने उद्घोष गरिसकेका छन् । जसपाले ह्विप लगाएको छैन । तथापि बाबुराम भट्टराई-उपेन्द्र यादवसहित उनीहरू पक्षधर सांसदले विपक्षमा भोट हाल्ने जनाएका छन् ।

महन्थ ठाकुर र राजेन्द्र महतो पक्षधर सांसदले तटस्थ बस्ने सम्भावना छ । यद्यपि नेता ठाकुरले सांसदहरूलाई स्वविवेकीय अधिकार दिइएकाले आफ्नो इच्चा अनुसार मत दिन सक्ने बताएकाले उनीहरू पक्षधर सांसदले ओलीलाई मत दिने सम्भावना पनि रहेको छ । ओलीलाई आफ्नै पार्टीका सबै १२१ सदस्य र  ठाकुर-महतो पक्षका कम्तीमा १५ जनाले मत दिएमा उनको सरकार जोगिने सम्भावना छ ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा हाल ४ सदस्य रिक्त छ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका २–२ जना निलम्बित छन् । यो अवस्थामा सरकारलाई निरन्तरता दिन प्रधानमन्त्रीलाई १ सय ३६ भोट चाहिन्छ । तर एमालेकै खनाल-नेपाल पक्षका कम्तीमा ३० सांसद तथा  जसपाको उपेन्द्र यादव पक्षमा १८ देखि २२ सांसदले मत नदिँदा ओलीलाई विश्वासको मत प्राप्त नहुन सक्छ ।

महन्थ ठाकुर र राजेन्द्र महतो पक्षमा १० देखि १४ जना सांसद तटस्थ बस्ने सम्भावना बढी रहँदा ओलीको विश्वासको मत फेल हुने अनुमान गरिएको छ ।

संसद कांग्रेसका ६२, माओवादी केन्द्रका ४९, राप्रपा, नेमकिपा र राष्ट्रिय जनमोर्चाका एक एक जना सांसद छन् ।

संसदको सम्भावित कार्यसूची

संघीय संसद सचिवालयले प्रतिनिधि सभाको सोमबारको सम्भावित कार्यसूची प्रकाशित गरेको छ ।

सोमबार प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने कार्यक्रम छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले एक सूचना जारी गर्दै सम्भावित कार्यसूचीबारे जानकारी गराएका छन् ।

जसअनुसार सोमबार दिनको १ बजे सुरु हुने बैठकको सुरुमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।

सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नेछन्।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ९ : १५ बजे

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको

हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजारसहितको