इन्धन पाइपलाइनमा साइबर हमलापछि अमेरिकामा आपतकाल घोषणा « Khabarhub

इन्धन पाइपलाइनमा साइबर हमलापछि अमेरिकामा आपतकाल घोषणा


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा  साइबर हमला भएको छ ।

साइबर हमला भएपछि आइतवार त्यहाँको सरकारले आपतकाल घोषणा गरेको बीबीसीले जनाएको छ ।

साइबर हमलापछि सेवा सुरु गराउने प्रयास जारी छ । तथापि अझै सेवा दिन नसकिएको अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति गर्दै आएको कोलोनियल पाइपलाइनमा शुक्रबार साइबर हमला भएको हो । यसलगत्तै त्यहाँबाट इन्धन आपूर्ति पूर्णरूपमा बन्द छ । इस्ट कोस्टको निम्ति आवश्यक पर्ने डिजेल, ग्यासोलिन तथा जेट इन्धनको सम्पूर्ण आपूर्तिको यहाँबाट ४५ प्रतिशत आयात हुँदै आएको जनाइएको छ ।

आपत्काल घोषणा गरिएपछि सडकमार्गबाट इन्धन ढुवानी गर्ने व्यवस्था मिलाइएको छ ।

साइबर हमलाको असर अमेरिकी तेल बजारमा सोमवार इन्धनको मूल्य २-३ प्रतिशतले बढ्न सक्ने अनुमान विज्ञहरुले गरेका छन् ।

उक्त ‘र्‍यान्समवेअर’ हमला डार्कसाइड नामक साइबर आपराधिक समूहले गराएको पुष्टि अधिकारीहरूले दाबी गरेका छन् । सो समूहले बिहीवार कोलोनियलको नेटवर्कमा छिरेर करिब १०० जीबी डेटामा पकड जमाएको जनाइएको छ । त्यसपछि उनीहरूले ती डेटा केही कम्प्युटर तथा सर्भरमा राखेर शुक्रवार फिरौतीको माग गरेका थिए।

फिरौती वा र्‍यान्सम नतिरिए सबै डेटा इन्टरनेटमा सार्वजनिक गरिदिने उनीहरूले चेतावनी पनि दिएको जनाइएको छ ।

डिजीटल स्याडोजको अनुसन्धानले ती साइबर हमलाकारी आपराधिक समूह रुसी भाषा बोलिने देशमा अवस्थित रहेको सम्भावना देखाएको खुलेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ७ : २५ बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको