इन्धन पाइपलाइनमा साइबर हमलापछि अमेरिकामा आपतकाल घोषणा « Khabarhub

इन्धन पाइपलाइनमा साइबर हमलापछि अमेरिकामा आपतकाल घोषणा


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा  साइबर हमला भएको छ ।

साइबर हमला भएपछि आइतवार त्यहाँको सरकारले आपतकाल घोषणा गरेको बीबीसीले जनाएको छ ।

साइबर हमलापछि सेवा सुरु गराउने प्रयास जारी छ । तथापि अझै सेवा दिन नसकिएको अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति गर्दै आएको कोलोनियल पाइपलाइनमा शुक्रबार साइबर हमला भएको हो । यसलगत्तै त्यहाँबाट इन्धन आपूर्ति पूर्णरूपमा बन्द छ । इस्ट कोस्टको निम्ति आवश्यक पर्ने डिजेल, ग्यासोलिन तथा जेट इन्धनको सम्पूर्ण आपूर्तिको यहाँबाट ४५ प्रतिशत आयात हुँदै आएको जनाइएको छ ।

आपत्काल घोषणा गरिएपछि सडकमार्गबाट इन्धन ढुवानी गर्ने व्यवस्था मिलाइएको छ ।

साइबर हमलाको असर अमेरिकी तेल बजारमा सोमवार इन्धनको मूल्य २-३ प्रतिशतले बढ्न सक्ने अनुमान विज्ञहरुले गरेका छन् ।

उक्त ‘र्‍यान्समवेअर’ हमला डार्कसाइड नामक साइबर आपराधिक समूहले गराएको पुष्टि अधिकारीहरूले दाबी गरेका छन् । सो समूहले बिहीवार कोलोनियलको नेटवर्कमा छिरेर करिब १०० जीबी डेटामा पकड जमाएको जनाइएको छ । त्यसपछि उनीहरूले ती डेटा केही कम्प्युटर तथा सर्भरमा राखेर शुक्रवार फिरौतीको माग गरेका थिए।

फिरौती वा र्‍यान्सम नतिरिए सबै डेटा इन्टरनेटमा सार्वजनिक गरिदिने उनीहरूले चेतावनी पनि दिएको जनाइएको छ ।

डिजीटल स्याडोजको अनुसन्धानले ती साइबर हमलाकारी आपराधिक समूह रुसी भाषा बोलिने देशमा अवस्थित रहेको सम्भावना देखाएको खुलेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ७ : २५ बजे

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण