माग पूरा नभएपछि सामूहिक राजीनामाको तयारीमा खनाल-नेपाल समूहका सांसद « Khabarhub

माग पूरा नभएपछि सामूहिक राजीनामाको तयारीमा खनाल-नेपाल समूहका सांसद


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  विभाजनको संघारमा पुगेको नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल समूहका सांसदले सामूहिक राजीनामाको तयारी गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले विधि मिच्दै पार्टीमा एकलौटी तवरबाट अघि बढेको ठहर गरेको खनाल-नेपाल समूहले उनलाई सुध्रनका लागि भन्दै अन्तिम मौकास्वरूप आज बिहान ९ बजेसम्मको समयसीमा दिएको थियो । तर उक्स समयावधिमा ओलीले पार्टी जोगाउन कुनै कसरत नगरेको भन्दै सामूहिक राजीनामा बुझाउने तयारीमा जुटेको खनाल-नेपाल समूहका एक सांसदले जानकारी दिए ।

नेता माधव कुमार नेपालले आइतबार राति ओलीलाई  ६ बुँदे पत्रसमेत लेखेका थिए । उक्त पत्रमा उनले सर्वोच्चले नेकपालाई एमाले र माओवादीको पुरानै अवस्थामा पुर्‍याएकाले एकीकरणअघि अर्थात् २०७५ जेठ २ को अवस्थाबाट क्रियाशिल बनाउनुपर्ने सर्त राखेका थिए।

त्यस्तै त्यसयता ओलीले एमालेमा गरेका केन्द्रीय कमिटी विघटन तथा नेताहरूलाई गरिएको कारबाही र सांसदहरूलाई सोधिएको स्पष्टीकरणलगायत निर्णय खारेज गर्नुपर्ने नेपालको माग थियो।

तर पत्रलाई अध्यक्ष ओलीले बेवास्ता गरेर अघि बढेकाले बैठक बसेर सामूहिक राजीनामा दिने तयारीमा लागेको सांसद झपट रावलले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले लिन लागेको विश्वासको मतका लागि आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ । त्यसअघि नै राजीनामा दिने तयारी भएको रावलले बताए ।

यसअघि आइतबार एक वक्तव्य जारी गर्दै एमाले अध्यक्ष ओलीले सामूहिक राजीनामामा नगर्न अपिल गरेका थिए ।

आइतबार नै एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले आजको बैठकमा अनिवार्य सहभागी हुन र विश्वासको मतमा मतदान गर्न ह्वीप जारी गरेका थिए ।

साविकको नेकपा हुँदा पदीय व्यवस्थापन हुन नसकेर शुरू भएको विवाद पुस ५ मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि वारपारको अवस्थामा पुगेको थियो ।

त्यसपछिका दुई महिनासम्म प्रचण्डसहितको गुटमा ओलीविरूद्ध संघर्ष गरेका खनाल-नेपाल समूह फागुन २३ मा एमाले र माओवादी केन्द्र व्यूताएपछि एमालेमा पनि संघर्षरत छन् ।

साविक नेकपा हुँदा आफूविरूद्ध लागेको समूहलाई किनारा लगाउँदै ओलीले फागुन २७ मा रामबहादुर थापा बादल,  लेखराज भट्ट, टोपबहादुर रायमाझीसहितका २३ जनालाई केन्द्रीय कमिटीमा मनोनयन तथा खनाल-नेपाल समूहका नेताहरूको जिम्मेवारी खोसेपछि एमाले विभाजनको संघारमा छ ।

फागुन २७ को निर्णय सच्चि पर्ने खनाल-नेपाल समूहको अडान छ । तर उक्त निर्णय सच्याउन नसकिने ओलीले अडान लिँदै आएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ९ : ४५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना