बराबरीमा रोकियो पीएसजी « Khabarhub

बराबरीमा रोकियो पीएसजी


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रेन्च लिग वान फुटबलको उपाधि होडमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा पीएसजी रेनससँग १-१ गोलको बराबरीमा रोकिँदै अंक बाड्न बाध्य भएको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा पीएसजी अंक बाढ्न बाध्य भयो । पहिलो हाफको इन्जुरी समयमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

७०औँ मिनेटमा सेह्रोउ गुइरास्सीले गोल गर्दै रेनसलाई १-१ गोलको बराबरीमा फर्काए ।

बराबरीसँगै दोस्रो स्थानको पीएसजीको ३६ खेलमा ७६ अंक भएको छ । पीएसजी शीर्ष स्थानको लिल भन्दा ३ अंकले पछि छ । रेनस ५५ अंकसहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १० : ३१ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ