महँगो मुल्यमा स्यानिटाइजर बिक्री गर्ने तीन फार्मेसीमाथि कारबाही | Khabarhub Khabarhub

महँगो मुल्यमा स्यानिटाइजर बिक्री गर्ने तीन फार्मेसीमाथि कारबाही


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर–स्यानिटाइजर महँगोमा बिक्री गरेको आरोपमा मोरङमा तीनवटा फार्मेसीलाई कारबाहीमा गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले आइतबार बजार अनुगमन गर्ने क्रममा उपभोक्ताबाट बढी मूल्य लिएर स्यानिटाइजर बिक्री गरी ठगी गर्ने तीन वटा फार्मेसीलाई कारबाही गरेको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलका अनुुसार मोरङको बूढीगंगा–२ टंकिसिनुवारीमा रहेको विज्ञान फार्मेसीले ८० रुपैयाँमा खरिद गरेको १२० एमएलको रब क्लिन ब्राण्डको स्यानिटाइजर उपभोक्तालाई १६५ रुपैयाँमा बिक्री गरेको अनुगमनका क्रममा भेटिएको थियो । सो फार्मेसीलाई वाणिज्यले दुई लाख रुपैयाँ जरिवाना गराएको छ ।

वाणिज्यले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) बमोजिमको कसुर गरेको भन्दै जरिवाना गरेको हो । अनुगमनकै क्रममा विराटनगर–२ स्थित विराट नर्सिङ होमअगाडि सञ्चालित उक्त फार्मेसी र सोही स्थानमा रहेको बिनुका फार्मेसीलाई पनि वाणिज्य कार्यालयले जरिवाना तिराएको छ । वाणिज्यले उक्त फार्मेसीलाई ५ हजार रुपैयाँ र बिनुकालाई २० हजार रुपैयाँ जरिवाना गराएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ११ : ३० बजे

किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–२ का पूर्ववडाध्यक्ष खुशीलाल साह किर्ते

ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजाल निर्वाचित

काठमाडौं – नेपाल ल क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल

सुमनाले भनिन् : राजीनामा प्रधानमन्त्रीको आउनुपर्थ्यो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले शिक्षा

शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन आग्रह

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरक्त शिक्षकको माग वार्ताको माध्यमबाट

धौलीगाढ खानेपानी आयोजनाको काम तीव्र

जुम्ला – जुम्लाका तीनवटा पालिकालाई लक्षित गरी तातोपानी गाउँपालिका–१ मा