कोरोना संक्रमण बढेपछि एसईई र कक्षा १२ को परीक्षा स्थगित « Khabarhub

कोरोना संक्रमण बढेपछि एसईई र कक्षा १२ को परीक्षा स्थगित


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — कोरोना संक्रमण बढेपछि राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।

आज बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेदेखि सञ्चालनको तयारी भएको एसईई र जेठ २६ गतेबाट हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।

सरकारले पनि परीक्षा नचलाउ भनेको र कोरोना भाइरसको महामारी झन् झन् बढ्दै गएकाले तत्कालका लागि परीक्षा स्थगित गरिएको उनले बताए ।

जेठ १३ गतेबाट सञ्चालन हुने एसईईका लागि ५ लाख १७ हजार परीक्षार्थी तयारी अवस्थामा थिए । बोर्डले प्रश्नपत्र छपाइको काम पनि सकेको थियो । परीक्षाका लागि देशभर २ हजार १९ परीक्षा केन्द्र तोकिएको थियो ।

यस्तै जेठ २६ बाट हुने कक्षा १२ को परीक्षा पनि स्थगित भएको छ ।  १२ कक्षामा करिब ४ लाख परीक्षार्थी छन् । बोर्ड बैठकले एसईई र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने अध्ययन गर्न ५ सदस्यीय कार्यदलसमेत गठन गरेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १० : ४४ बजे

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको

हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजारसहितको