देउवाको प्रश्न : ३ वर्षमै विश्वासको मत लिनु पर्ने अवस्थाको जिम्मेवार को ? « Khabarhub

देउवाको प्रश्न : ३ वर्षमै विश्वासको मत लिनु पर्ने अवस्थाको जिम्मेवार को ?


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले पेश गरेको विश्वासको मतमाथि कांग्रेसको धारणा राख्दै सभापति देउवाले अहिलेको सरकार बनेको ३ वर्षसम्मको काम हेर्दा मुलभूत रुपमा सरकार असफल रहेको बताएका हुन् । उनले भने,‘३ वर्षमा विश्वासको मत लिन आउनुपरेको छ । यसको को जिम्मेवार हो ? स्वयं प्रधानमन्त्री नै जिम्मेवार हो ? सहयोगी भूमिका निर्वाह गर्दा आलोचित पनि भयौँ । कार्यकारी प्रमुखको कामको पनि अरुमाथि दोष थोपर्ने ? अरुमाथि दोष र गुनासो थोरेर प्रधानमन्त्री जिम्मेवारीबाट भाग्न मिल्छ ? केपी ओली सरकार मुलभूत रुपले असफल भएको छ ।’

प्रधानमन्त्री ओलीलाई एकपटक छातीमा हात राखेर आफैँले गरेका कामको समीक्षा गर्न आग्रह गरेका सभापति देउवाले भने, ‘केपी ओलीजी छातीमा हात राखेर भन्नुस् । यो अवस्था तपाईंले सिर्जना गरेको होइन ? ’

कोरोना महामारीको अहिलेको अवस्था आउनुमा सरकार जिम्मेवार रहेको सभापति देउवाले बताए । उनले भने,‘संसदमा विश्वासको मतका बारेमा छलफल गरिरहेको अवस्थामा कोभिडको महामारीका कारण अस्पताल नपाएर मर्नु पर्ने अवस्था छ । कोरोनाको महामारी शुरु भएको एकवर्षभन्दा बढी भइसक्यो । कांग्रेसले सरकारलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेर ध्यानाकर्षण गराउँदा पनि सरकार सचेत हुन सकेन ।’

आफूलाई विश्वासको मत नआउने थाहा पाउँदापाउँदै पनि ओलीले विश्वासको मत मागेको सभापति देउवाले बताए । कोरोना महामारी नियन्त्रण गर्नुपर्ने सरकार आफैँले ठूलाठूला आमसभा गरेर कोरोना महामारी फैलाएको सभापति देउवाले आरोप लगाए । उनले भने, ‘तयार हुन बाँकी रहेको धरहरा उद्घाटन गर्नुभयो । यो गैरजिम्मेवारी होइन ? ’

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ३ : ०१ बजे

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौं – जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन