सगरमाथा चुचुरोमा ‘सीमा विभाजनको रेखा’ कोर्ने चीनको तयारी « Khabarhub

सगरमाथा चुचुरोमा ‘सीमा विभाजनको रेखा’ कोर्ने चीनको तयारी


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनले कोरोनाभाइरस संक्रमणमा रोक लगाउन सगरमाथाको चुचुरोमा नेपाल र तिब्बतबीच सीमा विभाजनको रेखा कोर्ने भएको छ ।

राज्य नियन्त्रित चिनियाँ संचारमाध्यमका अनुसार नेपालको मोहडा हुँदै सगरमाथा आरोहण गर्ने आरोहीमार्फत हुनसक्ने संक्रमणलाई रोक्न चीन सरकारले उक्त निर्णय गरेको हो ।

गत अप्रिलदेखि नै नेपालको सगरमाथा आधार शिविरमा कोरोनाभाइरस संक्रमण व्यापक फैलिएपछि चीन सतर्क भएको हो ।

पर्यटन शुल्क उठाउन नेपालले सगरमाथा आरोहण अभियान स्थगित नगरेको भन्दै व्यापक आलोचना भइरहेको बेला चीनले त्यस्तो निर्णय गरेको रोयटर्सले जनाएको छ ।

डाइनिङ टेबुल जत्रो आकारको सगरमाथा चुचुरोमा कसरी रेखा कोर्ने भन्ने बारेमा चीनले स्पष्ट खुलाएको छैन । तिब्बती आरोहीहरुको एउटा समूहले चुचुरोमा पुगेर रेखा कोर्ने निर्णय गरेको जनाइएको छ ।

सिन्ह्वा न्यूज एजेन्सीले दुबै मोहडाबाट चढ्ने आरोहीलाई संक्रमणबाट जोगाउन चीनले उक्त योजना बनाएको हो । अहिले २१ जना चिनियाँ नागरिकहरु सगरमाथा आरोहणका लागि बाटोमा छन् ।

कोरोना भाइरस महामारी सुरु भएपछि गतवर्षदेखि चीनले आफ्नो भूभाग हुँदै सगरमाथा चढ्न विदेशीलाई अनुमति खुला गरेको छैन ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ३ : ५१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै