सगरमाथा चुचुरोमा ‘सीमा विभाजनको रेखा’ कोर्ने चीनको तयारी « Khabarhub

सगरमाथा चुचुरोमा ‘सीमा विभाजनको रेखा’ कोर्ने चीनको तयारी


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनले कोरोनाभाइरस संक्रमणमा रोक लगाउन सगरमाथाको चुचुरोमा नेपाल र तिब्बतबीच सीमा विभाजनको रेखा कोर्ने भएको छ ।

राज्य नियन्त्रित चिनियाँ संचारमाध्यमका अनुसार नेपालको मोहडा हुँदै सगरमाथा आरोहण गर्ने आरोहीमार्फत हुनसक्ने संक्रमणलाई रोक्न चीन सरकारले उक्त निर्णय गरेको हो ।

गत अप्रिलदेखि नै नेपालको सगरमाथा आधार शिविरमा कोरोनाभाइरस संक्रमण व्यापक फैलिएपछि चीन सतर्क भएको हो ।

पर्यटन शुल्क उठाउन नेपालले सगरमाथा आरोहण अभियान स्थगित नगरेको भन्दै व्यापक आलोचना भइरहेको बेला चीनले त्यस्तो निर्णय गरेको रोयटर्सले जनाएको छ ।

डाइनिङ टेबुल जत्रो आकारको सगरमाथा चुचुरोमा कसरी रेखा कोर्ने भन्ने बारेमा चीनले स्पष्ट खुलाएको छैन । तिब्बती आरोहीहरुको एउटा समूहले चुचुरोमा पुगेर रेखा कोर्ने निर्णय गरेको जनाइएको छ ।

सिन्ह्वा न्यूज एजेन्सीले दुबै मोहडाबाट चढ्ने आरोहीलाई संक्रमणबाट जोगाउन चीनले उक्त योजना बनाएको हो । अहिले २१ जना चिनियाँ नागरिकहरु सगरमाथा आरोहणका लागि बाटोमा छन् ।

कोरोना भाइरस महामारी सुरु भएपछि गतवर्षदेखि चीनले आफ्नो भूभाग हुँदै सगरमाथा चढ्न विदेशीलाई अनुमति खुला गरेको छैन ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ३ : ५१ बजे

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त