प्रधानमन्त्रीले हाम्रा केही माग पूरा गरेकाले तटस्थ बस्छौँ : महन्थ ठाकुर « Khabarhub

प्रधानमन्त्रीले हाम्रा केही माग पूरा गरेकाले तटस्थ बस्छौँ : महन्थ ठाकुर


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको प्रस्तावमा तटस्थ बस्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने प्रधानमन्त्री ओलीको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै ठाकुरले विश्वासका पक्षमा वा विपक्षमा मतदान नगरी तटस्थ बस्ने धारणा राखे ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफ्नो कुरा सुनेको तर कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्रीले कुरा पनि सुनेको र कार्यान्वयन पनि गरेको भन्दै आभारी प्रकट गरे ।

प्रधानमन्त्री ओलीले आफ्ना कुरा सुनेर माग पूरा गर्न अग्रसरता लिएकोमा धन्यवाद दिँदै उनले राजनीतिक आन्दोलनका दौरान मुद्दा चलाइएका केहीको मुद्दा फिर्ता भएपनि सबैको मुद्दा फिर्ता हुनुपर्ने माग गरे । सबै मुद्धा फिर्ता नभएर साथीहरू जेलमा भएकाले अहिले सरकारलाई विश्वास दिन सक्ने र अविश्वास गर्ने ठाउँमा पनि नरहेको ठाकुरको भनाइ थियो।

उनले संविधान संशोधनमा त्रुटी भएकाले अहिलेको अवस्था आएको सुनाए। उनले संविधानले प्रधानमन्त्रीलाई कमजोर बनाएको टिप्पणी समेत गरे । उनले अहिले पनि संविधान संशोधनको माग रहेको बताए। अहिलेपनि आफूहरु विभेद र भेदभावको शिकार भइरहेका धारणा राखे । अहिलेको संविधानकै कारण आफ्ना नेताहरु जेल र तारेखमा बस्ने अवस्था रहेको ठाकुरको भनाई थियो ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिँदा सांसदलाई पक्ष वा विपक्षमा मत हाल्न ह्वीप जारी गरेको छैन । पार्टीले ह्वीप जारी नगर्ने भएपछि सोमबार सांसदले मतदान गर्दा विवेक प्रयोग गर्न पाउनेछन् ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ४ : ३० बजे

चन्द्र उडानपछि फर्किँदै आर्टेमिस टोली

ह्युस्टन– इतिहास रेकर्ड तोड्दै चन्द्रमाको दुर्लभ दृश्यहरूको साक्षी बनेको आर्टेमिस

घुस लिएको आरोपमा सप्तरीको कञ्चनपुर प्राधिकरणका प्रमुख दास अख्तियारको नियन्त्रणमा

सप्तरी– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर,

जमिन बाँझो नराख्न किसानलाई मुख्यमन्त्री आचार्यको आग्रह

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जमिन बाँझो नराखी उत्पादनमा

भारत आणविक इन्धन आत्मनिर्भरतातर्फ

नयाँदिल्ली– भारतले आफ्नै आणविक इन्धन उत्पादनतर्फ महत्त्वपूर्ण फड्को मारेको छ

शैक्षिक सत्र सुरु हुनुअघि नै भर्ना लिए कारवाही हुने

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र सुरु