काभ्रेमा पाँच कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

काभ्रेमा पाँच कोरोना संक्रमितको मृत्यु


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– कोरोना सङ्क्रमणबाट काभ्रेपलाञ्चोकमा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमध्ये दुईको होम आइसोलेशनमै मृत्यु भएको हो ।

होम आइसोलेशनमै मृत्यु भएका दुवै पुरुष एकै वडाका छन् । अन्य तीनको बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले जनाएको छ ।

केन्द्रका अनुसार होम आइसोलेनमा मृत्यु हुनेमा धुलिखेल नगरपालिका–११ पातलेखेतका २७ र ५८ वर्षका दुई पुरुष रहेका छन् ।

शनिबार ५८ वर्षीय पुरुषलाई र अर्का २७ वर्षीयलाई शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता होम आइसोलेशनमा मृत्यु भएको यो पहिलो घटना हो ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ९ : ५४ बजे

सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र

लेखामान र लेखापरीक्षणमान बोर्ड अध्यक्षमा ढुङ्गेल र निरौला

काठमाडौं – नेपाल लेखामान बोर्डको अध्यक्षमा सुनिलकुमार ढुङ्गेल र नेपाल

ज्योति विकास बैंकका ग्राहकलाई ई-रिभल्भिङमा छुट

काठमाडौं – ज्योति विकास बैंक लिमिटेडका ग्राहकले काठमाडौंस्थित ई-रिभल्भिङ इन्डियन

रविलाई केहीबेरमा पोखराबाट काठमाडौं ल्याइँदै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पोखराबाट काठमाडौं

सिजी सोलार वाटर हिटरको न्यानो : शतप्रतिशत सौर्य ऊर्जा, शून्य बिजुली खर्च

काठमाडौं– सिजी इलेक्ट्रोनिक्सले नवीनतम सौर्य प्रविधिसहितको सिजी सोलार वाटर हिटर