२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? ( विवरणसहित) | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? ( विवरणसहित)


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १७ हजार ६ सय २३ जनाको पीसीआर परीक्षण र ७ सय ८८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा गरी ९ हजार २ सय ७१ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७ सय ९४ पुगेको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा १०, उदयपुरमा ५५, ओखलढुंगामा १३, खोटाङमा ६, झापामा १५४, ताप्लेजुङमा ३६, तेह्रथुममा ३१, धनकुटामा १, पाँचथर ७, भोजपुरमा ३, मोरङमा ३९९, संखुवासभामा ६ र सुनसरी ९४ जनामा कोरोना भेटिएको छ।
यसैगरी प्रदेश २ को धनुषामा १४४, पर्सामा १४६, बारामा ४०, महोत्तरीमा ८९, रौतहटमा ७७, सप्तरीमा १५, सर्लाहीमा १८ र सिरहामा २४ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २७ सय ७५ जनामा कोरोना भेटिएको छ। काभ्रेमा १२७, चितवनमा ३९२, दोलखामा ६, धादिङमा ७०, नुवाकोटमा २३, भक्तपुरमा ३२७, मकवानपुरमा २३८, रसुवामा ८, रामेछापमा १७, ललितपुरमा ५०५, सिन्धुपाल्चोकमा १६ र सिन्धुली १६ जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ४७३, गोरखामा ६२, तनहुँमा ३९, नवलपरासी पूर्वमा ८३, पर्वत ३७, मनाङ २, म्याग्दी २१, लमजुङमा २४, बागलुङमा ४ र स्याङजामा २८ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा ११५, गुल्मीमा २६, दाङमा २४६, नवलपरासीमा ७६, पाल्पामा १०८, प्यूठानमा ४, बर्दियाका १४४, बाँकेमा २९५, रुपन्देहीमा ५३० र रोल्पामा ८ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ४, जाजरकोटमा २, जुम्ला ९, डोल्पा ३, दैलेखमा २९, रुकुम पश्चिममा १, सल्यानमा ४, सुर्खेतमा ३ र हुम्लामा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ७३, कञ्चनपुरमा ३९५, कैलालीमा ३४०, डडेल्धुरामा ३८, दार्चुला १, बझाङमा १, बाजुरामा ३ र बैतडीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ७ : ०६ बजे

कोशी प्रदेशकी राज्यमन्त्री सवार गाडीमा आक्रमण, ६ जना समातिए

उदयपुर- बाढीपहिरोको क्षतिबारे स्थलगत बुझेर प्रदेश राजधानी फर्किने क्रममा कोशीकी

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३२ पुग्यो, अझै २३ जना बेपत्ता

काठमाडौं- गत साताको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका

बीपी राजमार्गमा फसेका ६०० मजदुर भोकै, मन्त्रीलाई प्रश्न– बाटो दशैंअघि खुल्छ ?

बाढी पहिरोका कारण काभ्रेको नार्के, कालढुंगा र आँपटारी भन्ने ठाउँमा

एआईको प्रयोग मानवको साझा हितमा गरिनुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आर्टिफिसिएल इन्टेलिजेन्स (एआइ) को