५ हजार अक्सिजन सिलिण्डर संकलन | Khabarhub Khabarhub

५ हजार अक्सिजन सिलिण्डर संकलन


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पाँच हजार ४३२ थान अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ ।

सङ्कलित सिलिण्डर मध्ये एक हजार ४४१ भरी रहेको र तीन हजार ९९१ खाली सिलिन्डर रहेका छन् । त्यसमध्ये चार हजार ५८९ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ ।

बाँकी ८४३ अक्सिजन सिलिन्डर जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकता अनुसार वितरण गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कतिपय खाली सिलिन्डरलाई भर्नका लागि डिपोमा पठाइएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए ।

आवश्यकताभन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने अस्पताल, व्यक्ति लगायत अन्य सङ्घसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदाममा स्टक गरी राखेका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्या अनुसार वितरण गरिएको प्रहरीले जनाएको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो चरणको सङ्क्रमणको कारण महामारीले चरम रुप लिइरहेको विषम परिस्थितिमा यसको सङ्क्रमण रोकथाम, नियन्त्रणका लागि नेपाल प्रहरीले सिलिण्डर सङकलनमा सक्रियता बढाएको हो । स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनका लागि स्टक राख्ने व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक कारबाहीका लागि थप अनुसन्धान समेत भइरहेको जनाइएको छ । जथाभावी रुपमा मौज्दात गरेको पाइए प्रहरी कारबाही हुने चेतावनी दिइएको छ ।­­

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ८ : ०१ बजे

कालोपट्टी बाँधेर सडकमा उत्रिए निजी स्कुलका शिक्षक (तस्बिरहरू)

काठमाडौं– विद्यालय शिक्षक विधेयकलाई लिएर निजी विद्यालयका शिक्षकहरू आन्दोलित भएका छन्

म्याग्दीमा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना

म्याग्दी– जिल्लामा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना सञ्चालनका लागि नेपाल

एकीकृत समाजवादी विकृतिविरुद्धको विद्रोह हो : माधव नेपाल

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ताबीचको विभेद र

नेपालको सार्वभौमिकताको रक्षा गर्न भारत र चीनलाई समेत एकीकृत समाजवादीको आग्रह

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले मुलुकको सार्वभौमिकताको रक्षाका लागि कुनै पनि

गाजामा भयावह अनिकाल र कुपोषण, चिकित्सक भन्छन्- म पनि पिठो खोज्दैछु

चेतावनी : यसमा उल्लेखित विवरण र तस्बिरहरूले विचलित बनाउन सक्छन् ।