सगरमाथा आधार शिविरबाट फर्केका थप चार जनामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

सगरमाथा आधार शिविरबाट फर्केका थप चार जनामा कोरोना संक्रमण पुष्टि


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सगरमाथा आधार शिविरबाट फर्किएका थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पासाङ ल्हामु निकोलनिकी अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा तिनमा कोरोना संक्रमण पुष्टि भएकोे खुम्बु पासाङ ल्हामु गाउँपालिका स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले जानकारी दिए ।

सगरमाथा आधार शिविरमा पुगेका उनीहरु शंकास्पद लक्षण देखिएपछि आइतबार लुक्ला झरेका थिए । आज एण्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको गाउँपालिकाले जनाएको छ ।

सोलुखुम्बु ठेगाना भएका उनीहरु पर्यटकको सहयोगीका रुपमा सगरमाथा क्षेत्र गएको पाइएको छ । यससँगै सगरमाथा आधार शिविरबाट फर्किएका २० जनामा संक्रमण पुष्टि भएको छ ।

पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार सगरमाथा आरोहीमा भने कोरोनाको कुनै पनि प्रभाव परेको छैन ।

शिखरतर्फ जान तयारी अवस्थामा रहेका आरोही तथा उनीहरुका सहयोगीले स्वास्थ्यको मापदण्ड पालना गरेकाले पनि कोरोनाको कुनै प्रभाव नरहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ९ : ३० बजे

ब्रोइलर कुखुराको भाउ बढ्यो, अब प्रतिकिलो १५ रुपैयाँ महँगो पर्ने

काठमाडौं – राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले ब्रोइलर कुखुराको भाउ

रसुवामा आगलागी हुँदा तीन घर जले, २७ लाख बराबरको क्षति

रसुवा– विद्युत सट भई लागेका आगोबाट कालिका गाउँपालिका वडा नं

सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र

लेखामान र लेखापरीक्षणमान बोर्ड अध्यक्षमा ढुङ्गेल र निरौला

काठमाडौं – नेपाल लेखामान बोर्डको अध्यक्षमा सुनिलकुमार ढुङ्गेल र नेपाल

ज्योति विकास बैंकका ग्राहकलाई ई-रिभल्भिङमा छुट

काठमाडौं – ज्योति विकास बैंक लिमिटेडका ग्राहकले काठमाडौंस्थित ई-रिभल्भिङ इन्डियन