गण्डकीका मुख्यमन्त्री गुरूङले आज विश्वासको मत लिँदै, मनाङेले पनि छाडे साथ « Khabarhub

गण्डकीका मुख्यमन्त्री गुरूङले आज विश्वासको मत लिँदै, मनाङेले पनि छाडे साथ


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा–  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज विश्वासको मतका लागि प्रस्ताव राख्दैछन् ।

मुख्यमन्त्री गुरुङले शपथ लिएको आज जेठ २७ मा एक महिना पुगेकाले आजै उनले विश्वासको मतका लागि प्रस्ताव राख्न लागेका हुन् । यसका लागि प्रदेशसभाको बैठक मध्याह्न १२ बजेलाई डाकिएको छ ।

मनाङेले छाडे साथ

प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले सत्ता पक्षको साथ छाडेका छन् ।

योसँगै मुख्यमन्त्री गुरूङलाई  विश्वासको मत प्राप्त नहुने सम्भावना बढेको छ ।  मनाङेलाई आफ्नो पक्षमा राखिरहन १६ वैशाखमा मुख्यमन्त्री गुरुङले मन्त्री बनाएका थिए । संविधानको धारा १६८(३) अनुसार फेरि मुख्यमन्त्री नियुक्त भएपछि पनि मुख्यमन्त्री गुरुङले उनलाई दोहोर्‍याएका थिए ।

तर मनाङे अन्तिमसमयमा मुख्यमन्त्री गुरूङकै विपक्षमा उभिएका छन् । बुधबार मन्त्रिपरिषदको बैठकमा अनुपस्थित भएका मनाङेले प्रदेशसभा विघटन हुनबाट रोक्न विपक्षी गठबन्धनमा लागेको जनाएका छन् ।

विपक्षीलाई राहत

मनाङेले कित्ता परिवर्तन गरेसँगै अविश्वासको प्रस्तावबाट गुरुङ नेतृत्वको सरकार ढाल्न कस्सिएको कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनलाई राहत मिलेको छ ।

यसअघि राष्ट्रिय जनमोर्चाको संसदीय दलका नेता कृष्ण थापा र अर्का सांसद खिमविक्रम शाहीका कारण मुख्यमन्त्री हटाउन असफल भएको गठबन्धन अब भने आफ्नो पक्षमा बहुमत पुग्नेमा विश्वस्त देखिएको छ । विपक्षी गठबन्धनले कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेललाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ ।

गत वैशाख १३ गते शुरू भएको विशेष अधिवेशनमा अविश्वास प्रस्तावमाथि मतदान हुने बेलामा जनमोर्चाका सांसद शाही एकाएक बेपत्ता भएपछि बैठक स्थगित गरिएको थियो । पछि शाही पोखराको चरक अस्पतालको आइसीयू कक्षमा भेटिएका थिए ।

विशेष अधिवेशन स्थगन भएकै अवधिमा प्रदेश प्रमुख रहेका माओवादी नेता अमिक शेरचनलाई पदमुक्त गर्दै सीता पौडेल प्रमुख नियुक्त नियुक्त गरिएकी थिइन् । अविश्वास प्रस्तावमाथि फेरि वैशाख २७ मा मतदान हुने तयारी गर्दा मुख्यमन्त्री गुरुङले वैशाख २६ गते नै राजीनामा दिएका थिए ।

गुरुङको राजीनामापछि जनमोर्चाका अर्का सांसद कृष्ण थापाले विपक्षी गठबन्धनलाई सघाउने पार्टी निर्णय अस्वीकार गरेपछि दोस्रो प्रयास पनि असफल भएको थियो । विपक्षी गठबन्धनले बहुमत सिद्ध गर्न नसक्दा ठूलो दलको हैसियतमा गुरुङ दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए ।

६० सदस्यीय गण्डकी प्रदेशमा बहुमतका लागि ३१ मत चाहिन्छ । सत्तारूढ नेकपा एमालेसँग २७ मत छ । मनाङेले विपक्षी गठबन्धनले साथ छोडे पनि जनमोर्चाका कृष्ण थापाले साथ दिँदा मुख्यमन्त्रीको पक्षमा २८भन्दा बढी मत पुग्ने सम्भावना देखिएको छैन ।

कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्रिय जनमोर्चाका ३ सांसद गरी कुल ३२ सांसद छन् । तर त्यसमध्ये एक जना सभामुख र जनमोर्चाका सांसद कृष्ण थापाले ह्वीप उल्लंघन गर्ने बताएका विपक्षीको पक्षमा ३० सांसद छन् ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ८ : १० बजे

बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी : फरार दुई व्यक्ति पक्राउ

काठमाडौं – नेपाल प्रहरीले आज दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा

सुनसरी – धरानमा आयोजना हुन लागेको २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण

प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा – प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट सङ्कलन भएको रकममध्ये रु