बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी : फरार दुई व्यक्ति पक्राउ « Khabarhub

बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी : फरार दुई व्यक्ति पक्राउ


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले आज दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार र बैंकिङ कसुरका ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एकजनालाई चन्द्रागिरि नगरपालिकाबाट र अर्कालाई कागेश्वरी मनोहराबाट पक्राउ गरेको हो ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका–७ हसनटार बस्ने नुवाकोट विदुर नगरपालिका–३ घर भएका ३८ वर्षीया पुन्यवती जोशीलाई आज पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीले जानकारी दिए ।

उनका अनुसार उनीमाथिको उच्च अदालत पाटन ललितपुरको २०८० वैशाख १० गतेको फैसलाले उक्त मुद्दामा रु पाँच लाख जरिवाना रु २० हजार पीडित राहत कोषमा जम्मा गराउने फैसला भएको थियो । यस्तै उनलाई दुईदिन कैद सजाय ठहर भए पछि फरार हुँदै आएकामा आज टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका–७ हसनटारबाटै उनलाई पक्राउ गरेको हो ।

यस्तै वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी जर्जिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने काभ्रे महाभारत गाउँपालिका–६ घर भएका ५२ वर्षीय पूर्णबहादुर वाइबालाई पनि आजै प्रहरीले पक्राउ गरेको छ ।

सूचना अधिकारी कार्कीले उनलाई पनि आजै काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–६ बाट पक्राउ गरेको बताउनुभयो । पूर्णबहादुरले जर्जिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट रु छ लाख ५० हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा कार्यालयको टोलीले पक्राउ गरेको हो ।

आजै जोशीलाई फैसला कार्यान्वयनकाल लागि अदालत पठाइएको र वाइबालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौँ पठाइएको पनि उनले बताए ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  १० : ४७ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद