काठमाडौँ महानगरमा दुई दिनमा १८ हजारभन्दा बढीले लगाए खोप « Khabarhub

काठमाडौँ महानगरमा दुई दिनमा १८ हजारभन्दा बढीले लगाए खोप


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगर पालिका क्षेत्रमा जारी कोरोनाविरूद्धको खोप अभियानमा दुई दिनमा १८ हजारभन्दा धेरैले खोप लगाएका छन् ।

चीनबाट अनुदानमा भेरोसेल खोप प्राप्त भएपछि महानगरका ३२ स्थानमा जारी खोप अभियानमा ६० देखि ६४ बर्ष उमेरसमूहका १८ हजार १ १३ जना सहभागी भएका छन् ।

पहिलो दिनको तुलनामा दोस्रो दिन १ हजार ९४ जना बढी सहभागी भएको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ ।

खोप अभियानको पहिलो दिन  ८ हजार ७ सय ४७  सहभागी भएकामा दोस्रो दिन ९ हजार ३ सय ६६ जना सहभागी भएको काठमाडौँ महानगरपालिका शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरि कुँवरले जानकारी दिए ।

पहिलो दिन ४ हजार ४ सय १९ पुरुष र ४ हजार ३ सय २८ महिला सहभागी थिए ।  दोस्रो दिन ४ हजार ८  सय  ९३ पुरुष र ४ हजार ९ सय ८४ महिला सभागी भएको उनले बताए ।

महानगरपालिकाले पाँच दिनमा १ लाखभन्दा बढीलाई खोप कार्यक्रममा सहभागी गराउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ११ : ५९ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को