आधुनिक ‘महाभारत’मा रिया ‘द्रौपदी’ « Khabarhub

आधुनिक ‘महाभारत’मा रिया ‘द्रौपदी’


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेत्री तथा दिवंगत अभिनेता सुशान्त सिंह राजपूतकी प्रेमिका रिया चक्रवर्ती डेढ वर्ष यताको मानसिक तनावबाट विस्तारै मुक्त हुँदैछिन् । हालैमात्र उनले ‘टाइम्स मस्ट डिजायरेबल वुमेन २०२०’ को उपाधि पाइन् ।

यी अभिनेत्रीमाझ अहिले एउटा महत्वपूर्ण प्रोजेक्ट आएको छ । पौराणिक कथा ‘महाभारत’लाई आधुनिक रुपान्तरण गर्दै निर्माण हुन लागेको फिल्म ‘महाभारत’मा निर्माताले उनलाई द्रौपदीको चरित्रका लागि प्रस्ताव गरेका छन् ।

रियाले पनि यो चरित्रका लागि निकै चासो देखाएकी छन् । निर्माताहरु अहिले अभिनेत्रीसँग कुराकानी चरणमा छन् ।

‘यो महाभारत र द्रौपदीको भूमिकालाई लिएर बनाइएको ठूलो परियोजना हो । अहिलेको आधुनिक परिवेशमा यो महाभारत बन्नेछ । द्रौपदी भूमिकाका लागि रिया चक्रवर्तीसँग कुराकानी भइरहेको छ’, फिल्म निकट स्रोतले भनेको छ ।

रियाले यो फिल्मका लागि ग्रीन सिग्नल दिइन् भने बलिउडमा कमव्याक गर्न उनलाई सहज हुने फिल्म पण्डितहरुको बुझाई छ ।

रिया फिल्म ‘चेहरे’मा देखिँदैछिन् । फिल्ममा अमिताभ बच्चन र इमरान हाशमीको अभिनय छ । फिल्ममा उनको भूमिका सानो भएपनि महत्वपूर्ण छ ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ११ : ०० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी