लेम्बोर्गिनी कार वरदानमा पाउने विश्वासमा व्रत बसेका पुरुषको यमराज दर्शन « Khabarhub

लेम्बोर्गिनी कार वरदानमा पाउने विश्वासमा व्रत बसेका पुरुषको यमराज दर्शन


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हजारौं बर्षदेखि धार्मीक विश्वासमा मानिस आफ्नो इच्छा पूरा गर्न व्रत–तप गर्दै आएका छन् । धार्मीक कथा अनुसार भक्तिबाट प्रसन्न भई भगवान भक्तलाई दर्शन दिन्छन् र इच्छा सोधेर वरदान दिन्छन् । तर समयक्रम मानिसहरु आफ्नो चाह पुरा गर्न कर्ममा विश्वास गर्दै कमाइले त्यसको प्राप्ती गर्न थाले । तर जिम्बाबेमा भने अनौठो घटना भएको छ ।

सेन्ट्रल जिम्बाब्वेको रिसेन सेन्ट्स चर्चमा काम गर्ने मार्क मुरादजीरालाई आफ्नो तपबाट परमेश्वरले दर्शन दिने विश्वास भयो । उनी परमेश्वर दर्शन दिन प्रकट हुदाँ लेम्बोर्गिनी कार माग्न चाहान्थे । र सो कार उनी आफ्नी प्रेमिकालाई उपहार दिएर खुसी बनाउन चाहान्थे ।

५ करोड भन्दा बढि मुल्यबाट शरु हुने लेम्बोर्गिनी कारको प्राप्तीकालागि उनले दिन–रात व्रत बसे । कतिसम्म भने उनले खान पिउन समेत छाडे । उनी परमेश्वरलाई खुसी पार्न पुरा ४० दिने व्रतमा बसे । तर ३३ औ दिनमा उनलाई रिंगटा लागि ढले । समयमै अस्पताल पुर्याएकाले अत्यन्त कठिन अवस्थाका बावजुद उनलाई चिकित्सकले बचाए ।

२७ बर्षिय मार्क ३३ दिनदेखि खोजिमा थिए । उनलाई अन्तिम पटक देख्ने मानिसले उनी परमेश्वरसंग लेम्बोर्गिनी माग गर्ने सोचमा रहेको बताए । तर ३३ दिनमा उनलाई खोज्दा बेहोश भई मृत्युको मुखमा पुगेको अवस्थामा उनलाई भेटिएको थियो ।

बेरोजगार मार्क आफ्नी प्रेमिकालाई लेम्बोर्गिनी कार दिन चाहान्थे । तर उनीसंग पैसा थिएन । जसका कारण मार्कले तपस्या गरी परमेश्वरसंग कार लिने विचार गरे । तर उनको यो चाहना अधुरो भयो । बरु उल्टै झण्डै यमराजको दर्शन गर्नुपर्याे ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ८ : ४९ बजे

निर्वाचन प्रहरी भर्ना : तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन

बागलुङ– बागलुङमा निर्वाचन प्रहरी भर्नाका लागि तीन पटक म्याद थप

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

काठमाडौं– प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता, उपलब्धि

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौं– डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा पुस्तक

ओलीको टिप्पणीमा गोकुलको जवाफ : पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन 

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

बैतडी– भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध