लेम्बोर्गिनी कार वरदानमा पाउने विश्वासमा व्रत बसेका पुरुषको यमराज दर्शन « Khabarhub

लेम्बोर्गिनी कार वरदानमा पाउने विश्वासमा व्रत बसेका पुरुषको यमराज दर्शन


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हजारौं बर्षदेखि धार्मीक विश्वासमा मानिस आफ्नो इच्छा पूरा गर्न व्रत–तप गर्दै आएका छन् । धार्मीक कथा अनुसार भक्तिबाट प्रसन्न भई भगवान भक्तलाई दर्शन दिन्छन् र इच्छा सोधेर वरदान दिन्छन् । तर समयक्रम मानिसहरु आफ्नो चाह पुरा गर्न कर्ममा विश्वास गर्दै कमाइले त्यसको प्राप्ती गर्न थाले । तर जिम्बाबेमा भने अनौठो घटना भएको छ ।

सेन्ट्रल जिम्बाब्वेको रिसेन सेन्ट्स चर्चमा काम गर्ने मार्क मुरादजीरालाई आफ्नो तपबाट परमेश्वरले दर्शन दिने विश्वास भयो । उनी परमेश्वर दर्शन दिन प्रकट हुदाँ लेम्बोर्गिनी कार माग्न चाहान्थे । र सो कार उनी आफ्नी प्रेमिकालाई उपहार दिएर खुसी बनाउन चाहान्थे ।

५ करोड भन्दा बढि मुल्यबाट शरु हुने लेम्बोर्गिनी कारको प्राप्तीकालागि उनले दिन–रात व्रत बसे । कतिसम्म भने उनले खान पिउन समेत छाडे । उनी परमेश्वरलाई खुसी पार्न पुरा ४० दिने व्रतमा बसे । तर ३३ औ दिनमा उनलाई रिंगटा लागि ढले । समयमै अस्पताल पुर्याएकाले अत्यन्त कठिन अवस्थाका बावजुद उनलाई चिकित्सकले बचाए ।

२७ बर्षिय मार्क ३३ दिनदेखि खोजिमा थिए । उनलाई अन्तिम पटक देख्ने मानिसले उनी परमेश्वरसंग लेम्बोर्गिनी माग गर्ने सोचमा रहेको बताए । तर ३३ दिनमा उनलाई खोज्दा बेहोश भई मृत्युको मुखमा पुगेको अवस्थामा उनलाई भेटिएको थियो ।

बेरोजगार मार्क आफ्नी प्रेमिकालाई लेम्बोर्गिनी कार दिन चाहान्थे । तर उनीसंग पैसा थिएन । जसका कारण मार्कले तपस्या गरी परमेश्वरसंग कार लिने विचार गरे । तर उनको यो चाहना अधुरो भयो । बरु उल्टै झण्डै यमराजको दर्शन गर्नुपर्याे ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ८ : ४९ बजे

कोरलाबाट मालवस्तु ढुवानी बढ्यो, एक सातामा २५२ कन्टेनर पुगे

मुस्ताङ– भोटेकोशी बाढीबाट (रसुवा-केरुङ) नाका बन्द भएसँगै कोरलानाकाबाट मालवस्तु ढुवानी गर्न

पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व

कपिलवस्तु– कपिलवस्तुका  महिलाले छोराको दीर्घायुको कामना गर्दै बुधबार धुमधामका तीन

आफ्नाको पर्खाइमा साता बित्यो, कुशको शव बनाएर अन्येष्टि

गोरखा– गोसाइँकुण्ड तीर्थ गएका आफन्तहरूको सास बाँकी छ कि छैन

उजाडियो स्याफ्रुबेंसी : घरसँगै बगे आफन्त  (तस्बिरहरू)

रसुवा– भोटेकोशी बाढीले प्रभावित ठाउँमध्ये एक हो-स्याफ्रुवेंशी । यहाँका अधिकांश घर