‘दिपक मनाङे’ सम्पर्कबिहीन भएपछि गुरुङको मुख्यमन्त्री पद धरापमा « Khabarhub

‘दिपक मनाङे’ सम्पर्कबिहीन भएपछि गुरुङको मुख्यमन्त्री पद धरापमा


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सम्पर्कबिहीन भएका गण्डकी प्रदेशका खेलकुद मन्त्री राजीव गुरुङ ‘दिपक मनाङे’ अझै सम्पर्कमा आएका छैनन्। उनी हिजो बुधबारदेखि सम्पर्कमा आएका छैनन् ।

आज मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिने तय भएसँगै मनाङे भने सम्पर्कबिहीन भएका हुन् । मनाङेले विपक्षी गठबन्धनलाई समर्थन गर्ने संकेत पनि देखाएका छन् ।

आज मध्याह्न १२ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदै छन्।

गुरुङले वैशाख २९ गते प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्रीको शपथ लिएका थिए। संवैधानिक व्यवस्था अनुसार उनले जेठ २९ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ। त्यसैको लागि उनले २५ जेठमा विश्वासको मत लिने प्रस्ताव दर्ता गराएका थिए।

मनाङबाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद ‘मनाङे’ले सत्तापक्षलाई साथ छाड्ने संकेत जनाएपछि मुख्यमन्त्री गुरुङ विश्वासको मत पाउन कठिन देखिएको छ।

गण्डकीमा कुल ६० जना प्रदेश सभा सदस्य छन्। मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन चाहिन्छ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ११ : ३२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै