१८ हजारले लगाए खोप | Khabarhub Khabarhub

१८ हजारले लगाए खोप


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकामा दुई दिनमा १८ हजार बढीले चिनियाँ खोप ‘भेरोसेल’ लगाएका छन् । महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र बनाएर महानगरले यही जेठ २५ गतेदेखि खोप लगाउने काम शुरु गरेको हो ।

महानगरपालिकाले दोस्रोपटक ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई शुरु गरेको खोप अभियान कार्यक्रममा दुई दिनमा १८ हजार ११३ सहभागी भएको महानगरको स्वास्थ्य महाशाखाले जानकारी गराएको छ । खोप अभियानको पहिलो दिन आठ हजार ७४७ सहभागी भएका थिए भने दोस्रो दिन नौ हजार ३६६ सहभागी भएका जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।

पहिलो दिन चार हजार ४१९ पुरुष र चार हजार ३२८ महिला सहभागी थिए । दोस्रो दिन चार हजार ८९३ पुरुष र चार हजार ९८४ महिला सहभागी भएको पनि विभागले जानकारी दिएको छ ।

प्रमुख कुँवरले पाँच दिनमा एक लाख बढीलाई खोप कार्यक्रममा सहभागी बनाउने लक्ष्य लिएको उल्लेख गर्दै सो समूहका सबै महानगर क्षेत्रभित्र बसोबास गर्ने नागरिकलाई पायक पर्ने ठाउँमा पुगेर खोप अभियानमा सहभागी हुन आग्रह गरे ।

नगर प्रमुख विद्यासुन्दर शाक्यले निर्धारण गरेको उमेर समूहमा पर्ने व्यक्तिले उत्साहजनकरूपमा आफूलाई पायक पर्ने स्थानमा पुगी खोप लगाउन आग्रह गरे । महानगरपालिकाले खोप लगाउने कार्यसञ्चालन गर्दा भीड नियन्त्रण गर्न भन्दै हरेक दिन फरक–फरक उमेर समूहका व्यक्तिलाई खोप लगाउने कार्यतालिका सार्वजनिक गरेको थियो ।

सोअनुसार कामपाले खोप कार्यक्रममा भीड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरेको हो । शहरी स्वास्थ्य विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै आज ६४ वर्ष उमेर समूहलाई, यही जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन तालिका सार्वजनिक गरेको थियो । खोप कार्यक्रम यही जेठ २९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ३ : ०९ बजे

बेलायतमा प्रतिबन्धित प्यालेस्टाइन समर्थक समूहका २०० जना पक्राउ

लण्डन – सरकारले गत महिना आतङ्कवाद विरोधी कानून अन्तर्गत प्यालेस्टाइनलाई

कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडाैं पठाइयो

धनगढी – कैलाली कारागारमा शुक्रबार राति भएको झडपका क्रममा गम्भीर

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौं – बागमती प्रदेश सरकारले आगामी साउन २५ गते गाईजात्रा

भोजपुरको टक्सारमा लाखेजात्रा

भोजपुर – भोजपुरको टक्सारमा लाखेजात्रा विधिवत् सुरु भएको छ ।

जालन्धर भुसाल बने कैलाली कारागारको नयाँ जेलर

धनगढी – शनिबार राति भएको झडपपछि कैलाली कारागारको नेतृत्वमा परिवर्तन