गण्डकी प्रदेशमा विश्वासको मतको प्रस्तावमा छलफल जारी « Khabarhub

गण्डकी प्रदेशमा विश्वासको मतको प्रस्तावमा छलफल जारी


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशसभाको बैठक जारी छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मतको प्रस्तावमा आफ्नो भनाइ राखिरहेका छन् ।

प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ मा गुरुङ दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन ।

अहिले मुख्यमन्त्री गुरुङले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेशसभाको विश्वास पाउँ भन्दै वक्तव्यसहित प्रस्ताव पेस गरिरहेका छन् ।

मुख्यमन्त्री गुरुङले विश्वासको मत प्राप्त गर्न जनमोर्चाका सांसदको विवेकमा भर पर्ने देखिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को गठबन्धनमा २९ मत रहेकाले जनमोर्चाको २ मत निर्णायक हुनेछ ।

जनमोर्चा नै निर्णायक

मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन अथवा विपक्षी गठबन्धनले बहुमत पु¥याउन राष्ट्रिय जनमोर्चा नै निर्णायक देखिएको छ । पार्टीको निर्णय नमानेको आरोपमा एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गरी सांसद पद खोसिएका थापालाई सर्वोच्च अदालतले थमौती दिएपछि गुरुङ नेतृत्वको सरकार बचाउन वा ढाल्न जनमोर्चा नै निर्णायक देखिएको हो ।

थापाको सांसद पद खोसिँदा कांग्रेसको नेतृत्वमा सरकार गठन हुने सम्भावना बढेको थियो । अदालतबाट थापाको पद थमौती भएपछि फेरि अनिश्चितता बढेको हो । थापाले आफू मुख्यमन्त्री गुरुङविरुद्ध विपक्षी गठबन्धलाई नसघाउने अडानमा कायमै रहेको बताएका छन् ।
बाग्लुङबाट निर्वाचित एमाले सांसद इन्द्रलाल सापकोटा माधव नेपालका पक्षमा छन् । उनले पार्टी निर्देशन अवज्ञा गरेमा विपक्षीलाई बहुमत पुग्न सक्नेछ ।

६० सदस्यीय गण्डकी प्रदेशमा बहुमतका लागि ३१ मत चाहिन्छ । सत्तारूढ नेकपा एमालेसँग २७ मत छ । खेलकुदमन्त्री रहेका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) सहित एमालेको पक्षमा २८ मत छ । जनमोर्चाका सांसद थापाले एमालेलाई सघाउँदा २९ मत पुग्नेछ ।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेसको १५, माओवादी केन्द्रका सभामुखसहित १२ मत पक्का छ । जनमोर्चा २ जना र जसपाका २ जना सदस्य छन् । सभामुखले दुवैतर्फ बराबरी मत परेको अवस्थामा मात्रै मत दिन पाउने व्यवस्था छ ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ५ : ०२ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,