गण्डकी प्रदेशमा विश्वासको मतको प्रस्तावमा छलफल जारी | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा विश्वासको मतको प्रस्तावमा छलफल जारी


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशसभाको बैठक जारी छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मतको प्रस्तावमा आफ्नो भनाइ राखिरहेका छन् ।

प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ मा गुरुङ दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन ।

अहिले मुख्यमन्त्री गुरुङले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेशसभाको विश्वास पाउँ भन्दै वक्तव्यसहित प्रस्ताव पेस गरिरहेका छन् ।

मुख्यमन्त्री गुरुङले विश्वासको मत प्राप्त गर्न जनमोर्चाका सांसदको विवेकमा भर पर्ने देखिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को गठबन्धनमा २९ मत रहेकाले जनमोर्चाको २ मत निर्णायक हुनेछ ।

जनमोर्चा नै निर्णायक

मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन अथवा विपक्षी गठबन्धनले बहुमत पु¥याउन राष्ट्रिय जनमोर्चा नै निर्णायक देखिएको छ । पार्टीको निर्णय नमानेको आरोपमा एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गरी सांसद पद खोसिएका थापालाई सर्वोच्च अदालतले थमौती दिएपछि गुरुङ नेतृत्वको सरकार बचाउन वा ढाल्न जनमोर्चा नै निर्णायक देखिएको हो ।

थापाको सांसद पद खोसिँदा कांग्रेसको नेतृत्वमा सरकार गठन हुने सम्भावना बढेको थियो । अदालतबाट थापाको पद थमौती भएपछि फेरि अनिश्चितता बढेको हो । थापाले आफू मुख्यमन्त्री गुरुङविरुद्ध विपक्षी गठबन्धलाई नसघाउने अडानमा कायमै रहेको बताएका छन् ।
बाग्लुङबाट निर्वाचित एमाले सांसद इन्द्रलाल सापकोटा माधव नेपालका पक्षमा छन् । उनले पार्टी निर्देशन अवज्ञा गरेमा विपक्षीलाई बहुमत पुग्न सक्नेछ ।

६० सदस्यीय गण्डकी प्रदेशमा बहुमतका लागि ३१ मत चाहिन्छ । सत्तारूढ नेकपा एमालेसँग २७ मत छ । खेलकुदमन्त्री रहेका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) सहित एमालेको पक्षमा २८ मत छ । जनमोर्चाका सांसद थापाले एमालेलाई सघाउँदा २९ मत पुग्नेछ ।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेसको १५, माओवादी केन्द्रका सभामुखसहित १२ मत पक्का छ । जनमोर्चा २ जना र जसपाका २ जना सदस्य छन् । सभामुखले दुवैतर्फ बराबरी मत परेको अवस्थामा मात्रै मत दिन पाउने व्यवस्था छ ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ५ : ०२ बजे

रास्वपाले गर्‍यो स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनामा निधन भएका पत्रकार

संसद्‍मा रास्वपाको अवरोधबीच मन्त्रालयअन्तर्गत विनियोजन बजेटमाथि छलफल

 काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका बीच प्रतिनिधिसभाको

काठमाडौं उपत्यकामा दैनिक मेलम्चीको पानी : मन्त्री यादव

काठमाडौं– खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा चौबीसै घण्टा स्वच्छ

सुर्खेतमा रास्वपाले जनताको हस्ताक्षर संकलन गर्दै 

सुर्खेत–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा

योगलाई दिनचर्या बनाउन प्रधानमन्त्रीको आग्रह 

ललितपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले योग मानव जीवनको वैज्ञानिक बहुआयामिक