‘गुण्डा नाइके’ लामा पोखराबाट पक्राउ | Khabarhub Khabarhub

‘गुण्डा नाइके’ लामा पोखराबाट पक्राउ


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– ‘गुण्डा नाइके’ भनेर चिनिने गणेश लामालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।

गण्डकी प्रदेशको पछिल्लो राजनीतिक गर्मागर्मीका बेला लामा काठमाडौंबाट पोखरा आएका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले पोखराको लेकसाइडबाट विहीबार दिउँसो पक्राउ गरेको हो ।

कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञामा काठमाडौंबाट पोखरा कसरी आइपुगेको भन्ने सोधपुछका लागि पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठले बताए ।

‘अरु कुनै कारणले पक्राउ गरिएको होइन’, एसपी श्रेष्ठले भने, ‘निषेधाज्ञाको बेला पोखरा आएकोबारेमा सोधपुछकै लागि पक्राउ गरिएको हो ।’ दिउँसो पोखरास्थित लेकसाइडको खहरेस्थित एक होटलबाट पक्राउ गरिएको लामालाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको पनि एसपी श्रेष्ठले जानकारी दिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभाको आठौं अधिवेशनमा विहीबार नै विश्वासको मत लिने कार्यक्रम थियो ।

आफ्नो पक्षमा पार्न यसअघि नै खेलकुद मन्त्री बनाइएका राजीव गुरुङ (दीपक मनाङे) ले बुधबार मात्रै नेपाली कांग्रेससहितको विपक्षी गठबन्धनलाई सहयोग गर्ने बताएका थिए ।

तर उनी विहीबारको प्रदेशसभाको बैठकमै उपस्थित भएनन् । प्रदेशसभा बैठकमा अनुपस्थित रहेका मनाङे पनि विहीबार दिनभरी नै लेकसाइडको खहरेस्थित एक रिसोर्टमा थिए ।

मनाङबाट स्वतन्त्र उम्मेदवार भई चुनाव जितेका मनाङे लगत्तै साविकको नेकपामा प्रवेश गरेका थिए । अहिले मन्त्री बनाइएसँगै सत्तारुढ एमाले निकट देखिएका मनाङेले एक्कासी बहुमत पुर्याउन सक्ने पक्षलाई मत दिने बताएका थिए ।

लेकसाइडको खहरेबाट लामा पक्राउ पर्नु र मन्त्री मनाङे दिनभर खहरेमा नै भेटिनु संयोग मात्रै नभएको प्रहरी स्रोतको भनाइ छ ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  १० : ४० बजे

आदिलले काठमाडौं गोर्खाजबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को मिनी अक्सनमा चर्चित

पौडी खेल्ने क्रममा मादी नदीले बगाएर एक जना बेपत्ता

तनहुँ – तनहुँको व्यास नगरपालिका–७ दुलेँपानीस्थित मादी नदीले बगाएर आज

पोखरामा ‘यल्लो मेटल’ अप्रेसन : ११ करोडको सुनसहित कालिगढ पक्राउ

पोखरा– पोखरामा सुनको अवैध कारोबार फस्टाइरहेको पृष्ठभूमिमा प्रहरीले ‘अप्रेसन यल्लो

आजका समाचार : मनाइयो रक्षाबन्धन-जनैपूर्णिमा, एनपीएल अक्सन सुरु र आर्मेनिया-अजरबैजान युद्ध अन्त्य

एलएलडिसी सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री ओली स्वदेश फिर्ताप्रधानमन्त्री केपी शर्मा

कांग्रेस-एमालेबीच प्रदेश सरकारलाई थप प्रभावकारी बनाउने सहमति

काँक्रेविहार– कर्णाली प्रदेश सरकारमा सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले)