प्रेरक प्रसङ्ग : सबै रङ बराबर « Khabarhub

प्रेरक प्रसङ्ग : सबै रङ बराबर


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकामा काला जातिमाथि अत्याचार गरिन्छ । तिनलाई समाजमा अगाडि बढ्न त्यति अवसर दिइँदैन, जति गोराहरुलाई दिइन्छ  ।

एकपटक अमेरिकाको एउटा शहरमा मेला लाग्यो । त्यस ठाउँमा काला गोरा दुवैथरी रहन्थे ।

मेलाका अनेक आकर्षक थिए । तीमध्ये एक थियो रङ्गीन बेलुन बेच्ने शक्ति । आकाशमा धेरै माथिसम्म उड्ने खालको हेलियम ग्यास भरिएको रङ्गीन बेलुनका लागि उसकहाँ बच्चाहरुको भीड लाग्थ्यो । जब बिक्री कम हुन थाल्थ्यो, ऊ एउटा बेलुन हावामा उडाइदिन्थ्यो । त्यो बेलुन माथिमाथि उड्दै गएको देखेर बच्चाहरु उत्साहित हुन्थे र उसकहाँ जम्मा हुन्थे ।

काला जातिको एउटा बच्चाले यो सबै ध्यानपूर्वक हेरिरहेको थियो । एकाएक ऊ बेलुनवालाको नजिक आयो र भन्यो — अङ्कल, म तपाईंसँग एउटा प्रश्न सोध्न चाहन्छु ।

भन बाबु, तिमी के जान्न चाहन्छौ ?

के कालो रङको बेलुन पनि आकाशमा माथि उड्न सक्छ ?

बच्चाको प्रश्न सुनेर बेलुनवालाको आँखा आँसुले भरिएर आयो । उसले बडो प्रेमका साथ बच्चालाई सम्झायो— बाबु, बेलुन होस् या मनुष्य, उसको माथि उड्नुसँग रङको कुनै सम्बन्ध हुँदैन । भित्र जुन चिज छ, त्यसैले त्यसलाई माथि उठाउँछ ।

साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्ग’ पुस्तकबाट

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ७ : ३० बजे

युद्धरत इरान-युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

तेहरान- क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमा भएको ड्रोन आक्रमणपछि

त्रिवि एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको छानबिन गर्न समिति

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र परीक्षाकै क्रममा

आमा बन्दै गायिका दुलाल, दिइन् घुमाउरो तरिकामा जानकारी

काठमाडौं- नयाँ तीजको बहाना पारेर गायिका सुनिता दुलालले दर्शकलाई आफू

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै होइनन् : पासाङ दावा

काठमाडौं– सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले हालसम्म

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको