प्रेरक प्रसङ्ग : सबै रङ बराबर « Khabarhub

प्रेरक प्रसङ्ग : सबै रङ बराबर


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकामा काला जातिमाथि अत्याचार गरिन्छ । तिनलाई समाजमा अगाडि बढ्न त्यति अवसर दिइँदैन, जति गोराहरुलाई दिइन्छ  ।

एकपटक अमेरिकाको एउटा शहरमा मेला लाग्यो । त्यस ठाउँमा काला गोरा दुवैथरी रहन्थे ।

मेलाका अनेक आकर्षक थिए । तीमध्ये एक थियो रङ्गीन बेलुन बेच्ने शक्ति । आकाशमा धेरै माथिसम्म उड्ने खालको हेलियम ग्यास भरिएको रङ्गीन बेलुनका लागि उसकहाँ बच्चाहरुको भीड लाग्थ्यो । जब बिक्री कम हुन थाल्थ्यो, ऊ एउटा बेलुन हावामा उडाइदिन्थ्यो । त्यो बेलुन माथिमाथि उड्दै गएको देखेर बच्चाहरु उत्साहित हुन्थे र उसकहाँ जम्मा हुन्थे ।

काला जातिको एउटा बच्चाले यो सबै ध्यानपूर्वक हेरिरहेको थियो । एकाएक ऊ बेलुनवालाको नजिक आयो र भन्यो — अङ्कल, म तपाईंसँग एउटा प्रश्न सोध्न चाहन्छु ।

भन बाबु, तिमी के जान्न चाहन्छौ ?

के कालो रङको बेलुन पनि आकाशमा माथि उड्न सक्छ ?

बच्चाको प्रश्न सुनेर बेलुनवालाको आँखा आँसुले भरिएर आयो । उसले बडो प्रेमका साथ बच्चालाई सम्झायो— बाबु, बेलुन होस् या मनुष्य, उसको माथि उड्नुसँग रङको कुनै सम्बन्ध हुँदैन । भित्र जुन चिज छ, त्यसैले त्यसलाई माथि उठाउँछ ।

साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्ग’ पुस्तकबाट

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ७ : ३० बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर