एमाले विवाद सहमतिउन्मुख, कार्यदलले आज अन्तिमरुप दिँदै « Khabarhub

एमाले विवाद सहमतिउन्मुख, कार्यदलले आज अन्तिमरुप दिँदै


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) मा विवाद समाधानका लागि गठित कार्यदलले विवादित विषयमा सहमतिको अन्तिम मस्यौदा तयार गरेको छ ।

कार्यदलले तयार गरेको सहमतिको खाकालाई भाषिक परिमार्जन गरेर शनिबार सार्वजनिक गरिने एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

कार्यदलका सदस्य ज्ञवालीले हिजोको छलफल निकै सौहार्द र सघनरुपमा भएको बताए पनि उक्त खाकाका विषयवस्तुबारे थप खुलाएनन् । उनले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताए ।

उनले भने, ‘सौहार्द र सघन वार्ता भएको छ । पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेका छौँ ।’

त्यस्तै एमाले नेता गोकर्ण बिष्टले लामो छलफलपछि धेरै विषयमा सहमति जुटेको बताए । उनले केही विषयमा शनिबार छलफल हुने बताए । उनले लगभग सहमतिमा पुगेको जानकारी दिए ।

कार्यदल सदस्य रघुजी पन्तले मस्यौदामा दुवै पक्षको सुझाव समेटेर छलफल भएको बताउँदै शनिबारको बैठकले अन्तिम रुप दिने बताए ।

कार्यदलको मस्यौदाले अन्तिम रुप पाएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालसमक्ष पेश गरिनेछ । एमालेको विवाद समाधानका लागि कार्यदल विगत केही दिनदेखि निरन्तर छलफलमा जुट्दै आएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटनएपछि एमालेमा विवाद बल्झिएको थियो ।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसदले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए । यता नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएको छ ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ६ : २७ बजे

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने