कोभिडका कारण मृत्यु भएका परिवारलाई ५० हजार « Khabarhub

कोभिडका कारण मृत्यु भएका परिवारलाई ५० हजार


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

मंगलबारे–कोभिडका कारण मृत्यु भएका परिवारलाई इलामको देउमाइ नगरपालिकाले राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष ०७८÷०७९ को नीति तथा कार्यक्रममा नगरबासीको मृत्यु भए सो रकम दिने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोख्रेलले यो यस वर्षको नयाँ कार्यक्रम भएको बताए श्र नगरपालिकाले नयाँ कार्यक्रमका रुपमा देउमाइलाई अपाङ्ता मैत्री घोषणा गरेर अपाङ्ता भएका पहेलो कार्ड भएका व्यक्तिलाई मासिक रु ५०० दिने निर्णय गरेको छ । सो नगरपालिकाले एकल पुरुषलाई समेत भत्ता दिँदै आएको छ ।

साथै ४५ वर्ष उमेर नाघेका अविवाहित महिलालाई मासिक एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ । यौनिक अल्पसङ्ख्यकलाई पनि मासिक एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

अन्य स्थानीय तहभन्दा फरक कार्यक्रमका रुपमा शुरुबाट नै यस नगरपालिकाले नगरपालिका भित्र बसोबास गर्ने नगरवासीले बच्चा जन्माउँदा पोषण सुविधा उपलब्ध गराउँदै आएको छ । त्यस्तै मृत्यु हुँदा दाहाससस्कार खर्च भनेर पनि नगद उपलब्ध गराउँदै आएको छ । जन्म र मृत्युमा नगरबासीलाई नगद ५ हजार उपलब्ध गराउँदै आएको छ । सो कार्यक्रमलाई समेत निरन्तरता दिइएको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रेमप्रसाद दाहालले बताए ।

शिक्षा, सडक मर्मत तथा निर्माण, विजुलीवत्ती, खानेपानी, कृषि तथा पशु लगायतका पुराना कार्यक्रमलाई निरन्तरता दिइएको नगरपालिकाका सूचना अधिकारी गोविन्दप्रसाद बास्तोला (गोपाल) ले बताए ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  १ : ४० बजे

उदयपुरमा भेटिएको शंकास्पद वस्तु नष्ट गरियो

उदयपुर – जिल्लाको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलास्थित मदन भण्डारी सडकमार्गमा फेला

इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा

तेहरान – इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको