‘मायाले संसार’मा प्रथम, पुष्प र गरिमा « Khabarhub

‘मायाले संसार’मा प्रथम, पुष्प र गरिमा


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गीतकार टिआर गौडेलको नयाँ गीत ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक भएको छ । रोमान्टिक डान्स नम्बरको रुपमा तयार गीतको संगीत तथा एरेन्ज बाबुल गिरीले गरेका हुन् ।

गीतमा संगीतकार गिरीकै स्वर रहेको छ । गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ । जसमा पुष्प खड्का, प्रथम खड्का र गरिमा शर्माको अभिनय देख्न सकिन्छ ।

गीतको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् । भिडियोमा फरक र आकर्षक स्टेप प्रयोगमा माहिर मानिने निर्देशक चन्दको यो भिडियो पनि राम्रो बनेको छ ।

माइलक स्टेप र आर्ट एकेडेमीको कोरियोग्राफी रहेको भिडियोमा उत्सव दाहालको छायाँकन, साइलेन लम्सालको सम्पादन रहेको छ ।

माया र पैसालाई आधार बनाएर लेखिएको गीतमा जिन्दगीमा माया मात्र नभई पैसा पनि उत्तिकै महत्व हुने देखाउन खोजिएको छ । गीतले प्रेम र विछोडसमेत व्यक्त गरेको छ । गीतकार टिआर व्यवसायी पनि हुन् ।

 

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  १२ : ५० बजे

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले