बोल्ड पहिरनले ट्रोल भइन् अलीजे « Khabarhub

बोल्ड पहिरनले ट्रोल भइन् अलीजे


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– पाकिस्तानमा एक अभिनेत्रीको बोल्ड पहिरनका कारण त्यहाँ हरेक क्षेत्रमा चर्चाको विषय बनेको छ । कट्टरपन्थी समूहले यस किसिमको खुलापानले मुस्लिम समुदायप्रति अन्य समुदायले हेर्ने दृष्टिकोणमा फरक पर्ने तर्क गरेका छन् ।

टेलिफिल्म ‘ताना–बाना’की अभिनेत्री अलीजे शाहले बोल्ड पहिरन लगाएपछि पाकिस्तानमा चर्चाको विषय बनेको हो । भारतमा अभिनेता या अभिनेत्रीलाई ट्रोल बनाउनु सामान्य कुरा लिइन्छ । ‘हम टीवी स्टाइल अवार्ड’मा अलीजेले एक अफ शोल्डर ब्ल्याक गाउन लगाएपछि उनका लागि यो पहिरन निकै भारी बनेको छ ।

उनको तस्वीर सामाजिक सञ्जालमा आएपछि प्रयोगकर्ताले एक पछि अर्को प्रतिक्रिया जनाइरहेका छन् । कतिपयले यसलाई बलिउडको ‘चीप कपी’ भनेका छन् भने कतिपयले देशको संस्कृतिमाथि आक्रमण भनेका छन् ।

कतिपयले उनको पहिरनलाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जून २० मा एचबीओलाई दिएको अन्तरवार्तासँग तुलना गरेका छन् ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  १ : १५ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय