कस्मेटिक सर्जरीपछि फेरिएकी केटी « Khabarhub

कस्मेटिक सर्जरीपछि फेरिएकी केटी


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमर उजाला)– बिट्रिस मोडल केटी प्राइस पछिल्लो समय आफ्नो कस्मेटिक सर्जरीका कारण चर्चामा छिन् । हालै केटी टर्की गएकी थिइन्, जहाँ उनले आफ्नो अन्य कस्मेटिक सर्जरी गराइन् । जसमा ब्राजीलियाई बट लिफ्ट, लिपोसेक्शन प्रमुख थिए ।

उनले अनुहारको केही भागको पनि सर्जरी गरेकी थिइन् । केटीले सामाजिक सञ्जालमा आफ्नो नयाँ लुकको तस्वीर साझा गरेकी छन् । तस्वीरमा उनीसँगै घरपालुवा चिहुआहुआ पनि देखिएको छ ।

केटीले आँखा र ओठसँगै चिउडो मुनी लिपोसेक्सन गरेकी छन् । उनले शरीरको पछाडिको भागमा फ्यान इन्जेक्ट गरेकी छन् ।

उनले तस्वीर सार्वजनिक गरेसँगै फ्यानमा कतै केटीलाई कस्मेटिक सर्जरीको आदत त छैन भन्ने चिन्ता पनि बढेको छ । तर केटीले भने आफू नयाँ लुक्सबाट निकै खुशी रहेको प्रतिक्रिया दिएकी छन् । उनले आफूलाई कस्मेटिक सर्जरीको लत नभएको उल्लेख गरेकी छन् । केटीले आफूमा ग्ल्यामर र सुन्दर देखिन आँखा, चिउडो र ओठको लिफ्टिङ सर्जरी गराएकी थिइन् ।

लकडाउनको समयमा केटीको तौल बढेको थियो । बढ्दो तौल घटाउनका लागि उनले योगा गरे पनि त्यो क्रममा लडेकी थिइन् । जसकारण उनको दुवै खुट्टामा चोट लागेको थियो । केटीले कार्ल वुड्ससँग इन्गेजमेन्ट गरेकी छन् । उनले यसअघि तीन पटक विवाह गरेकी छन् । उनी पाँच सन्तानकी आमा हुन् ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ३ : ४५ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय