बुद्धनगर क्षेत्रको वाग्मती सफाइ, थापाथली किनारमा वृक्षरोपण | Khabarhub Khabarhub

बुद्धनगर क्षेत्रको वाग्मती सफाइ, थापाथली किनारमा वृक्षरोपण


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिका–११ स्थित बुद्धनगर क्षेत्रको नदी किनारमा वाग्मती सफाइ महाअभियानको ४२६औँ हप्ताको सफाइ गरिएको छ ।

सफाइसँगै अभियानकर्मी नारायणकुमार श्रेष्ठको जन्मोत्सवका अवसरमा सोही वडाको थापाथली क्षेत्रमा वृक्षरोपण पनि गरिएको थियो । आँप, कपुर, एभोकाडो, समी र गुर्जोका करीब १५० बिरुवा रोपिएको अभियानकर्मी प्रिया लामिछानेले जानकारी दिइन् ।

सफाइमा पूर्व मुख्यसचिव एवं मुख्य अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, सदस्य डा माला खरेल, गुर्जो अभियानकर्मी कमलबहादुर राजलवट, पूर्वसहसचिव एवं योग शिक्षक किशोरकुमार जोशी, वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार, अभियानकर्मी डा लक्ष्मी पौडेल, वडा नं ९ का सदस्य टेकराज अधिकारीलगायत जनप्रतिनिधिको सक्रियता थियो ।

सफाइका क्रममा रोपिएका बिरुवाको संरक्षण वडा नं ११ कार्यालयले गर्ने सहमति भएको जनाइएको छ । यसैगरी गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथको उत्तर र पश्चिमी खण्डलगायत स्थानमा पनि आज भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सफाइ गरिएको छ । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदी पनि सफाइ अभियान शुरु भएको हो । हाल उपत्यकाका २० स्थानमा सफाइ भइरहेको छ ।

यसैगरी उपत्यकाबाहिर पनि मुख्य शहर, नदी, सांस्कृतिक सम्पदास्थलमा सफाइ भइरहेको छ । उपत्यका बाहिरसमेत गरी १०७ भन्दा बढी स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको छ ।

वाग्मती सफाइ महाअभियान शुरु भएपछि प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा ‘राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ जागरणमूलक अभियान जारी छ । जाडो, गर्मी, वर्षा, घाम, भूकम्प, नाकाबन्दी, कोरोना भाइरसको सङ्क्रमणजस्ता समयमा पनि वाग्मती सफाइ महाअभियान रोकिएको छैन ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ४ : ०१ बजे

तीन महिनामा करिब तीन सय सर्पदंशका बिरामी

चितवन – चितवनको भरतपुर अस्पतालमा विगत तीन महिनामा २९१ जना

पाकिस्तानबाट एक हजार बढी अफगान शरणार्थी स्वदेश फर्किए

काबुल – ईरान र पाकिस्तानबाट एक हजार ५७६ अफगान शरणार्थी

सिरियाको दक्षिणी क्षेत्रमा जातीय द्वन्द्वको त्रास, हाल शान्ति कायम

सिरिया – सिरियाको दक्षिणी स्वैदा प्रान्तमा एक सातासम्म चलेको जातीय

ताइवानमा चिनियाँ सैन्य अतिक्रमण बढ्दै

काठमाडौं– ताइवानमा चिनियाँ सैनिक अतिक्रमण बढ्दै गएको पाइएको छ ।

निर्धारित समयभन्दा पाँच महिना अगावै पुल निर्माण

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–६ बेलबोट फेदीस्थित कुम्लेखोलामा निर्धारित समयभन्दा