नेपाल पक्षका कार्यदल सदस्यहरू माधव नेपाललाई भेट्न कोटेश्वरमा « Khabarhub

नेपाल पक्षका कार्यदल सदस्यहरू माधव नेपाललाई भेट्न कोटेश्वरमा


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले कार्यदलको माधव नेपाल पक्षका नेताहरू कोटेश्वर पुगेका छन् । पार्टीको विवाद समाधान उन्मुख भएको र आज हुने कार्यदलको बैठकले टुंगोमा पुर्‍याउने बताइरहेको अवस्था नेपाल पक्षका कार्यदल सदस्यहरू नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् ।

नेताहरू अझै पनि आन्तरिक छलफलमा व्यस्त भएकाले आजको कार्यदल बैठक बस्न ढिलाइ भएको छ ।

बैठकका लागि सिंहदरबार आइसकेका कार्यदलका सदस्य त्यहाँबाट एकसाथ कोटेश्वरतिर लागेका हुन् । उनीहरु एक घन्टापछि आउने भनेर गएको एक नेताले बताए । ओली पक्षका कार्यदल सदस्यहरु भने सिंहदरबारमै छन् ।

एमाले कार्यदलको हिजो बसेको बैठकले पार्टी एकताको अनौपचारिक सहमति गरेको थियो । सहमतिको मस्यौदालाई अन्तिम रूप दिन आज बैठक हुन लागेको हो ।

आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि कोटेश्वर पुगेर नेपाललाई भेटेका थिए । उनले एमालेमा एकता कायम हुन लागेको विषयमा चासो राखेका थिए ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ४ : ३४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना