जातीय विभेदविरुद्ध दलित संघर्ष समितिको प्रदर्शन « Khabarhub

जातीय विभेदविरुद्ध दलित संघर्ष समितिको प्रदर्शन


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभर दलित समुदायमाथि भइरहेका जातीय विभेदका घटनाको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले काठमाडौँमा प्रदर्शन गरेको छ ।

जातीय विभेद अन्त्य नभएका कारण विभिन्न घटनाहरु भइरहेको भन्दै उनीहरुले शनिबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले रुपा सुनार घटनाको निष्पक्ष छानविनको माग गरेका छन् भने शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले अख्तियार दुरुपयोग गरेको आरोप लगाएका छन् ।

प्रदर्शनमा सहभागीहरुले राज्यले नै दलित विभेदलाई पूर्ण रुपमा अन्त्य गर्न अग्रसर हुनुपर्ने बताएका छन् । त्यस्तै उनीहरुले जातीय विभेद गर्नेलाई कडा भन्दा कडा कारवाहीको व्यवस्था हुनुपर्ने भन्दै अब निरन्तर राज्यलाई खबरदारी गर्ने बताएका छन् ।

प्रदर्शनमा सहभागीहरुले ‘रुपा सुनारलाई न्याय दे, मान्छे भएर बाच्न दे, जुन समाजमा जात छ, विभेदै विभेदको खात छ’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ५ : ४० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना