चर्को भाडा असुल्ने चालक पक्राउ « Khabarhub

चर्को भाडा असुल्ने चालक पक्राउ


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखा निषेधाज्ञा उल्लङ्घन गरी चर्को भाडा असुल्ने दुई सवारी चालकलाई पक्राउ गरिएको छ ।

निषेधाज्ञामा गोरखाबाट काठमाडौँ यात्रु बोकेर जाँदै गरेको अवस्थामा बा५ख १०७३ र बा५ख १०७७ नंको माइक्रोबसका चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले जानकारी दिए ।

“बाह्य जिल्लाबाट सवारी साधन जिल्लाभित्र प्रवेश गर्न नपाइने र जिल्ला भित्रन नपाउने भए पनि सामाजिक सञ्जालमा सूचना नै राखेर सम्र्पक गरी यात्रु बोकेर ल्याउने गरेको रहेछ”, उहाँले भन्नुभयो, “विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।” पक्राउ परेका सवारी चालकले गोरखाबाट काठमाडौँसम्मको भाडा प्रतिव्यक्ति रु एक हजार असुलेको पाइएको एसपी खनालले जानकारी दिए ।

गोरखा–काठमाडौँ भाडादर रु ४५० रहेको छ । “दुवै सवारी चालकले तोकिएको भाडादरभन्दा झण्डै दोब्बर भाडा असुलेको पाइयो”, उनले भने, “अर्कोतिर एक जिल्लाबाट अर्को जिल्लामा सवारी साधान सञ्चालन गर्न पाइँदैन ।” जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार असार २९ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

जिल्लाभित्र भने सार्वजनिक यातायात सञ्चालन गर्न पाउने निर्णय गरिएको थियो । पक्राउ परेका सवारी चालकलाई निषेधाज्ञा उल्लङ्घनको कसुरमा कारवाही हुने एसपी खनालले जानकारी दिए ।

निषेधाज्ञाको उल्लङ्घन गरी बाह्य जिल्लाबाट यात्रुसहितको सवारी साधान भित्रने र बाहिरिने क्रम बढेपछि जिल्लाको प्रवेशको मुख्य नाका मझुवामा जनपथ र सशस्त्र प्रहरी परिचालन गरी जाँच बढाए पनि यात्रु ओसारपसार गर्ने क्रम रोकिएको छैन ।

सवारी साधनले जाँच चौकीभन्दा नजिकै यात्रु झारेर हिँडाउने र जाँच चौकी कटेपछि पुनः यात्रु चढाएर ल्याउने लैजाने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ४ : २५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना