छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ  « Khabarhub

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ 


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– दुई जना १० वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका-२ पुलामी टोलस्थित चण्डेश्वरी ईङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल ३० वर्षीय करण राईलाई पक्राउ गरेको हो ।

झापा शिवसतासी नगरपालिका-८ झिलझिले घर भएका राईले ती छात्रालाई गत बिहीबार स्कुल गएको अवस्थामा कक्षा कोठाभित्र यौन दुर्व्यवहार गरेको भन्ने आरोप लागेको छ ।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र प्रहरी चौकी पलापुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ६ : २८ बजे

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण