छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ  | Khabarhub Khabarhub

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ 


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– दुई जना १० वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका-२ पुलामी टोलस्थित चण्डेश्वरी ईङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल ३० वर्षीय करण राईलाई पक्राउ गरेको हो ।

झापा शिवसतासी नगरपालिका-८ झिलझिले घर भएका राईले ती छात्रालाई गत बिहीबार स्कुल गएको अवस्थामा कक्षा कोठाभित्र यौन दुर्व्यवहार गरेको भन्ने आरोप लागेको छ ।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र प्रहरी चौकी पलापुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ६ : २८ बजे

सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शाह

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संस्थागत विकास

बाला चतुर्दशी मेला : पशुपतिमा १८ घण्टा कर्मचारी खटाइने

काठमाडौं–  पशुपति क्षेत्र विकास कोषले यस वर्षको बाला चतुर्दशी मेला

‘प्रतिनिधिसभा पुनस्थापना भए तत्काल ओली प्रधानमन्त्री नबन्ने ग्यारेन्टी दिन एमाले तयार छ’

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकारले

भारत–अमेरिका एलपीजी सम्झौता : ट्रम्पको दबाबबीच ऊर्जा स्रोत विविधीकरणमा भारतको जोड

एजेन्सी– भारतले संयुक्त राज्य अमेरिकासँग करिब १० प्रतिशत एलपीजी आपूर्ति